राजनीति

प्रधानमन्त्रीले कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्ने

काठमाडौ, २९ बैशाख । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कूटनीतिक समुदायलाई आज सरकारको नीति तथा कार्यक्रम र राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउने भएका छन । पछिल्लो अवस्थाबारे आज प्रधानमन्त्री ओलीले ‘ब्रिफिङ’ गर्न लागेको बताइएको छ । सत्ता परिवर्तनमा कूटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले कूटनीतिक समुदायलाई आज दिउँसो नेपालको आन्तरिक मामिलाबारे जानकारी गराउन लागेको हो । […]

२०७३ बैशाख २९ गते, बुधबार

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौ, २८ बैशाख । मधेसी मोर्चाद्वारा आफ्नो मागहरु पुरा नभएको भन्दै व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पेश गरेको सरकारको नीति तथा कार्यक्रम माथीको छलफल बहिष्कार गरेको छ । मोर्चा बहिष्कार गरेपनि सभामुख ओनसरी घर्तीले नीति तथा कार्यक्रम प्रस्तुत गरेको धन्यवाद प्रस्ताव पेश गरेसँगै छलफल प्रारम्भ भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद […]

२०७३ बैशाख २८ गते, मंगलवार

वार्ताको नाममा सरकारको नौटंकी मात्र : यादव

काठमाडौ, २८ बैशाख । मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र जारी मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने बताएका छन । यादवले वर्तमान सरकार फेल भइसकेको हुनाले वार्ताको कुनै औचित्य नरहेको समेत बताएका छन् । सरकारले वार्ताको बिश्वास […]

२०७३ बैशाख २८ गते, मंगलवार

सरकारले बोलाएको वार्ताका विषयमा मोर्चाले छलफल गर्ने

काठमाडौ, २७ बैशाख । सरकारले वार्तामा आउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई हिजो औपचारिक पत्र पठाएपछि सरकारसँग गर्ने वार्ताका विषयमा मधेसी मोर्चाले छलफल गर्ने भएको छ । मोर्चाले माग पुरा गर्ने सुनिश्चित भए मात्रै वार्ता गर्ने प्रारम्भिक प्रतिक्रिया दिएपनि पत्रका विषयमा आज छलफल हुनेछ । सरकारको वार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पत्र पठाई […]

२०७३ बैशाख २७ गते, सोमबार

आगामी आव ‘समृद्धिको प्रस्थान वर्ष’

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई समृद्धितर्फको प्रस्थान वर्ष घोषणा गरिएको छ । सो नीति र कार्यक्रममा आगामी पाँच वर्षलाई समृद्धिको विकासको अवधि र दश वर्षभित्र समृद्धि तर्फको खुट्किला चढी नेपाललाई चाँडै विकासशील मुलुकमा रुपान्तरण गरिने घोषणा गरिएको छ […]

२०७३ बैशाख २६ गते, आईतवार

तुलसी पेट्रोल पम्पमा सिल

काठमाडौं, २६ बैशाख । नापतौल विभागले दाङ्ग तुलसीपुरले कम परिमाणमा इन्धन बेचेर उपभोक्तालाई ठगी गरेको भन्दै तुलसी पेट्रोल पम्पलाई सिल गरेको छ । छड्के अनुगमनमा आएका बिभागको टोलीले हिजो पम्पको अनुगमन गर्दा कम परिमाणमा इन्धन बेचेको पाएपछि तुलसी व्यापार सेवाले सञ्चालन गर्दै आएको तुलसी पेट्रोल पम्पमा सिल गरिदिएको हो । नापतौल तथा गुणस्तर कार्यालय नेपालगञ्जबाट […]

२०७३ बैशाख २६ गते, आईतवार

सरकारको नीति तथा कार्यक्रम ल्याइदै

काठमाडौं, २६ बैशाख । आज संसद् भवनमा दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारको आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि नीति तथा कार्यक्रम ल्याइदैछ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनःनिर्माण, […]

२०७३ बैशाख २६ गते, आईतवार

प्रधानमन्त्री ओलीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाण्डौ, २५ बैशाख । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्नुको साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गरेका छन । उक्त अवसरमा उनले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक साइन्स ल्याव र पोलीग्राफ शाखाको साथै अन्य महत्वपूर्ण शाखाहरुको निरीक्षण गरेका थिए । निरीक्षण पश्चात प्रहरी प्रधान कार्यालयस्थित प्रहरी परिचालन कक्षमा […]

२०७३ बैशाख २५ गते, शनिबार

‘राजदूत फिर्ता बोलाउनु आपत्तिजनक ‘

काठमाडौं ,२५ वैशाख । आज व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले भारतकालागी नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय प्रति आपत्ति जनाएका छन । उनले सरकारसग उपाध्यायलाई फिर्ता बोलाउनुको कारण माग गरेका छन । उनले प्रतिशोधको राजनीति गरेको भन्दै ओली सरकारको आलोचना गरे । महतले उपाध्यायमाथि अनावश्यक लाच्छना लगाएर एमाले सरकारले प्रतिशोधपूर्ण […]

२०७३ बैशाख २५ गते, शनिबार

नौं बुँदे सहमतिप्रति द्वन्द्वपीडितको आपत्ति

काठमाडौं,२५ बैशाख । न्यायका लागि संघर्षरत द्वन्द्वपीडित साझा चौतारीले सत्तारुढ नेकपा एमाले र एमाओवादीबीच भएको नौं बुँदे सहमतिप्रति आपत्ति जनाएका छन् । उनीहरूले सरकारमा रहेका दुई मुख्य दलहरुले नै चालु संक्रमणकालीन न्याय प्रक्रियामा हस्तक्षेप गरी अदालतमा चलिरहेका मुद्दा फिर्ता लिने, माफी मिनाहा दिने कुराले स्तब्ध बनाएको जनाएका छन् । ‘मानव अधिकारको गम्भीर उल्लंघन, मानवीय कानुनको […]

२०७३ बैशाख २५ गते, शनिबार