राजनीति

नेकपाद्वारा राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेको छ । जिल्ला इन्चार्ज सार्दुलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गते राप्ती नगरपालिका २ मिलनटोल वस्ने चेपाङ समुदायका बासिन्दाहरु निकुन्ज छेउमा गएको समयमा निकुन्ज प्रशासनले अनाहकमा मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गर्दै उक्त घटनाको छानविन गर्न माग गरेका […]

२०७७ श्रावण ९ गते, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्ज घटनाको छानविन हुँदैछ : नेपाली सेना

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकको कुटपिटबाट सर्वसाधारणको मृत्यु भएको घटनाको छानविन भइरहेको जनाएको छ । सेनाले आज एक विज्ञप्ति प्रकाशित गर्दै साउन एक गते निकुञ्जमा घटेको घटनाको छानविन भैरहेको जनाएको हो । सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएपछि सेनाको यस्तो प्रतिक्रिया आएको हो ।विज्ञप्तिमा घटनाबारे आन्तरिक छानविन सुरु […]

२०७७ श्रावण ९ गते, शुक्रबार

नेकपाद्वारा सम्पूर्ण राजबन्दीहरुलाई निसर्त रिहा नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सेती महाकाली ब्युरो इन्चार्ज अाेम प्रकाश पुनसहित विभिन्न जिल्लामा रहेका सम्पूर्ण राजबन्दीहरुलाई सम्मानजनक र निसर्त रिहाइ नगरे अागामी दिनमा निकै ठूलो प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सेती महाकाली ब्युरो कार्यालय सचिव छविलालले अाज एक प्रेस विज्ञप्ति जारी गरि यस्तो चेतावनी दिएका हुन् । उनले साउन ६ गते […]

२०७७ श्रावण ८ गते, बिहीबार

जनसरकारद्वारा सहिद परिवार र घाइतेहरूको सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनसरकार हुम्लाले जनयुद्धका सहिद परिवार तथा घाइते योद्धाहरूको सम्मान गरेको छ । सयौँ जनताका बीचमा सहिद परिवार र घाइते योद्धाहरूलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा हुम्ला जिल्ला जनसरकार प्रमुख प्रकाशले स्थानीय तहले विकास निर्माण तथा जनपक्षीय काम गर्नेभन्दा पनि कागज मिलान गरेर करोडौँ रकम अनियमितता गरिरहेको भन्दै सरकारी […]

२०७७ श्रावण ८ गते, बिहीबार

कम्युनिस्ट नेता बरमन बुढाकाे निधन !

काठमाडाैं । कम्युनिस्ट नेता बरमन बुढाकाे उपचारको क्रममा निधन भएकाे छ । ९० बर्षिय बुढाकाे आज बिहान साढे ४ बजे पाटन अस्पतालमा निधन भएको हो । लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पूर्वसांसद हुन्। बुढा २०४८ सालमा भएको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट विजयी भएका थिए ।पछिल्लो समय ललितपुर एकान्तकुनामा […]

२०७७ श्रावण ७ गते, बुधबार

आज मध्यरातबाट ‘लकडाउन’ अन्त्य !

काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएक हुन् ।मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात […]

२०७७ श्रावण ६ गते, मंगलवार

दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले उक्त मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई साउन ४ गते साँझ काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको बताएका छन । अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले उनलाई संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा दलित नागरिक समाजद्वारा संयुक्तरुपमा आयोजित रुकुम पश्चिम सोतीनरसंहार बारे रास्ट्रिय मानवअधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यमा मानवअधिकारकर्मी तथा सरोकारवालासँगको […]

२०७७ श्रावण ५ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी बैतडीद्वारा सुदुरपश्चिम वन्दको पुर्वसन्ध्यामा मशाल जुलुस !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी,बैतडीले पुर्व निर्धारित कार्यक्रम अनुसार सुदुरपश्चिम वन्दको पुर्वसन्ध्यामाआज साँझ मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । पुर्चौंडी,डिलाशैनि,दोगडा केदार,पाटन लगायत जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रमहरु भएका छन् । कोभिड-१९,वाढी,पहीरोका कारण आक्रान्त भएका जनताहरुको उद्दार,राहत वितरण,मनोवैज्ञानिक परामर्श र सचेतना कार्यक्रम सन्चालन गरीरहेको अवस्थामा पनि आफ्ना पार्टीका नेता कार्यकर्ताहरु माथिको गिरफ्तारी,धर पकड,झुठा मुद्दा लगाउने काम […]

२०७७ श्रावण ५ गते, सोमबार

नेकपाले साउन ६ गते सुदुरपश्चिम प्रदेश वन्द राखेपछि कांग्रेसले ५ गते नै मनायो बिपि स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले साउन ६ गते सुदुर पश्चिम प्रदेश वन्द राखेकोले तरुण विद्यार्थीले बिपि कोइरालाको ३८औं स्मृति दिवसको कार्यक्रम ६ गतेको साटो ५ गते नै राखेको छ । नेपाली कांग्रेसले सकभर राष्ट्रवादी र सरकार बिरोधि शक्ति बिच भिडन्त नहोस भनेर ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउनपछि […]

२०७७ श्रावण ५ गते, सोमबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न आव्हान

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ८१ वर्षीय माक्र्सवादी चिन्तक एवम् विश्व प्रशिध्द तेलगु क्रान्तिकारी कवि तथा भारतीय जनताका बुध्दिजीवी वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न विश्वभर क्रियाशील मानवअधिकारवादी संघ- संगठनहरु , लेखक तथा पत्रकारहरु, साहित्यकारहरु ,विद्वानहरु , बुध्दिजीवीहरु समक्ष हार्दिक आह्वान गर्दै उनको शीघ्र र बिना सर्त रिहाइका लागि भारतीय फासीवादी […]

२०७७ श्रावण ५ गते, सोमबार