राजनीति

बिप्लवद्वारा सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको ठोकुवा : प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन

काठमाडौं , २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको ठोकुवा गरेका छन । महासचिव विप्लवले बुधबार वक्तव्य जारी गर्दै सरकारले आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र […]

२०७७ बैशाख २४ गते, बुधबार

पार्टी कार्यकर्तालाई तत्काल रिहा नगरिए अवस्था भयानक हुने चेतावनी !

काठमाडौँ , २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार गरिएका पार्टी कार्यकर्तालाई तत्काल रिहा नगरिए अवस्था भयानक हुने चेतावनी दिएको छ । सो पार्टीको मेची–कोसी ब्युरोले आफ्नो पार्टीका जिल्ला इन्चार्जसहित तीनजना कार्यकर्तालाई प्रहरीले सुतेको समयमा मध्यरातमा एकतर्फी फयरिङ गर्दै गिरफ्तार गरेको भन्दै घटनाको निन्दा समेत गरेको छ । नेकपाका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति […]

२०७७ बैशाख २४ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल विरही अस्पतालबाट गिरफ्तार

काठमाडौं , २३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रकासन विभागका ईन्चार्ज अनिल शर्मा (विरही)लाई प्रहरीले गिरफ्तार गरेको छ । चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका शर्मालाई मंगलबार बिहान प्रहरीले गिरफ्तार गरेको हो । सुगरलगायत विभिन्न रोगले पीडित शर्मालाई उपचार गर्न समेत नदिई गिरफ्तार गरिएको जानकारी पारीवारीक स्रोतले दिएको छ । […]

२०७७ बैशाख २३ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता मध्यरातमा गिरफ्तार

काठमाडौं , २३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । इलाममा कोरोना भाइरसका काराण आक्रान्त भएका जनताको सेवामा जुटेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई गए मध्यरातमा शसस्त्र र प्रहरीले घर घेराहाली हवाई फायर गर्दै गिरफ्तार गरिएको बताइएको छ ।

२०७७ बैशाख २३ गते, मंगलवार

अदालतको आदेशको उपहास : दिलीप चन्द अदालतपरिसरबाटै पुनः गिरफ्तार

काठमाडौं , २३ बैशाख । लकडाउनको समयमा समेत सरकारले नेकपाका नेता, कार्यकर्ता र समर्थक–शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने, अदालतले रिहा गर्न आदेश दिएकाहरुलाई पुनः गिरफ्तार गरेर हिरासत सार्ने काम गरिरहेको छ । नेकपाका महासचिव विप्लवका दाजुसमेत रहेका नेकपाका नेता वीरजङ्गका छोरा दिलीप चन्दलाई प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला […]

२०७७ बैशाख २३ गते, मंगलवार

नेकपाद्वारा प्रहरीलाई पार्टीका सूचना बेच्ने र आर्थिक अराजकता मच्चाउने सागर मैनालीको सदस्य्ता खारेज

काठमाडौं , २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले सरकारी सुरक्षा निकायलाई पार्टीका आन्तरिक सूचना बेच्ने, पार्टीका नाममा आर्थिक अराजकता मच्चाउने, जनताको सम्पत्ति लुट्दै पार्टीको बदनाम गर्ने काभ्रेका सागर मैनालीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । सो पार्टीको पार्टीका ताम्सालिङ ब्युरो इन्चार्ज आधारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सूचना बेचेकोमा अनुसन्धान गरी थप […]

२०७७ बैशाख २२ गते, सोमबार

सशस्त्र र प्रहरीको सुरक्षा जिम्मेवारी रहेका स्थानमा सेना खटाइने !

काठमाडौं , २२ बैशाख । गृह मन्त्रालयले सशस्त्र र प्रहरीको सुरक्षा जिम्मेवारी रहेका स्थानमा अब सेना खटाउने निर्णय गरेको छ । मन्त्रालयले देशभरका कारागार, ठूला विकास निर्माणस्थल, आयोजना तथा महत्वपूर्ण कार्यालयमा खटिएका सशस्त्र प्रहरी र प्रहरीको जनशक्ति सीमामा खटाउने निर्णय गरेको बताउदै सीमा खटिएका सुरक्षाकर्मीको संख्या कम भएकाले सीमा अनुगमन प्रभावकारी नभएको र उनीहरूको सुरक्षा […]

२०७७ बैशाख २२ गते, सोमबार

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडाैं, २१ वैशाख । आज मे ३, अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी […]

२०७७ बैशाख २१ गते, आईतवार

‘एमसीसी लिनु हुँदैन’

काठमाडौं, २० वैशाख । कोरोना भाइरसका कारण मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी, आन्तरिक लगानी, रेमिट्यान्समा उल्लेखनीय गिरावट र द्विपक्षीय वा बहुपक्षीय ऋण तथा अनुदान नआउने निश्चित भइरहेका बेला सत्तारुढ नेकपाद्वारा गठित कार्यदलले भने ५७ अर्ब रुपैयाँको अमेरिकी सहयोग (एमसीसी) लिन नहुने प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवारीबाट विमुख बनाउन लागिपरेका नेता सम्मिलित कार्यदलले नेकपाभित्रको द्वन्द्व […]

२०७७ बैशाख २० गते, शनिबार

‘मजदुरमाथिको शोषण–दमन र श्रमिक कटौती अस्वीकार्य ‘

काठमाडौँ , १९ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र महामारीका बीच सबैभन्दा बढी श्रमिक वर्ग पीडित भएको भन्दै मजदुरमाथिको शोषण–दमन र श्रमिक कटौती अस्वीकार्य रहेको जनाएको छ । १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) का अवसरमा महासङ्घको केन्द्रीय समितिका तर्फबाट प्रेस वक्तव्य जारी गर्दै केन्द्रीय कार्यालय सदस्य […]

२०७७ बैशाख २० गते, शनिबार