राजनीति

नेकपाद्वारा नक्कली बम राखी जनतालाई आतङ्कित नपार्न चेतावनी

काठमाडाैँ, ४ चैत । नेपाल कम्युनिस्ट पार्टीले नक्कली बम राखी जनतालाई आतङ्कित पारेर पार्टी र नेता–कार्यकर्ताहरूलाई लगाइएको आरोपप्रति घोर निन्दा र भत्र्सना गरेको छ । सो पार्टीले बैतडी डिलासैनी गापाको केन्द्रको विवादमा वडाध्यक्षको घरमा नक्कली बम राखी जनतालाई आतङ्कित पारेर पार्टी र नेता–कार्यकर्ताहरूलाई लगाइएको आरोपप्रति घोर निन्दा र भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी […]

२०७६ चैत्र ४ गते, मंगलवार

अमेरिकी दूतावासद्वारा सबै भिसा रद्द

काठमाडौं, ३ फागुन । अमेरिकी दूतावासले चैत ४ गते (मंगलबार) देखि लागू गरि कोरोना भाइरस (कोभिड-१९) का कारण डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो । दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने […]

२०७६ चैत्र ३ गते, सोमबार

सयौँ हेक्टर नेपाली भूमि भारततर्फ : गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, २ चैत । नापी विभागको टोलीले स्थानीय राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय नगरी भारतीय पक्षसँग मिलेर सर्भे गर्दा कञ्चनपुरका विभिन्न स्थानमा नेपाली भूमि भारततर्फ गएको छ । आफ्नो भूमि भारततर्फ पारिएपछि कञ्चनपुरबाट सांसदहरूसहितको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई नेपाली भूमि भारततर्फ गाभिएको बारेमा ज्ञापनपत्र बुझाएको छ। टोलीले नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा […]

२०७६ चैत्र २ गते, आईतवार

सार्क राष्ट्रका नेताहरुबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुदै

काठमाडौं , २ चैत । सार्क राष्ट्रका नेताहरुबीच आज साँझ ५ बजे कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ । भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् । उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुुने बताइएको छ । गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर […]

२०७६ चैत्र २ गते, आईतवार

पार्टीलाई जनताबाट अलग्याउन अपहरणको लाञ्छना !

काठमाडौँ, १ चैत । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले नेकपाका नेता–कार्यकर्तालाई अपहरणको आरोप लगाउँदै गिरफ्तार गर्ने कार्य पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइन रहेको जनाएको छ । ब्युरो इन्चार्ज अरुणले प्रेस वक्तव्य जारी गर्दै पार्टीकामको सिलसिलामा उदयपुर पुगेको समयमा झूट्टा आरोप लगाउँदै गिरफ्तार गरिएका सुनसरीका विवेक खड्का, भोजपुरका मणिराज राईलगायत १४ जनालाई तत्काल बिनासर्त रिहा गर्न […]

२०७६ चैत्र १ गते, शनिबार

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ३० फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र संचालन गरिने निर्णय गरेको छ । बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्रै स्वास्थ्य परीक्षण गरी आवागमनजको व्यवस्था मिलाउने निर्णय गरेको हो । […]

२०७६ फाल्गुन ३० गते, शुक्रबार

अनेमसङ्घ (क्रान्तिकारी) दार्चुलाको सम्मेलन सम्पन्न

काठमाडाैँ, २९ फागुन । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) दार्चुलाको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले कौशला बोहराको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले जनाएको छ । सुशीला धामीको सञ्चालन र कौशला बोहराको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि सङ्घकी केन्द्रीय सचिवालय सदस्य तथा सेती–महाकाली […]

२०७६ फाल्गुन २९ गते, बिहीबार

नेकपा कार्यकर्ता पक्राउ प्रकरण : आईजीपीसहित ४ प्रहरी अधिकारी सर्वोच्चमा उपस्थित

काठमाडाैँ, २८ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहित चार अधिकारी मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । गत सोमबार सर्वोच्चले उनीहरूलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन भनेपछि उनी चारजना प्रहरी अधिकृत लिएर अदालत पुगेका हुन् । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा रिहा भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई अदालतको गेटबाटै पुनः पक्राउ गरेर […]

२०७६ फाल्गुन २८ गते, बुधबार

‘हतियार सङ्कलन गर्ने पार्टीको नीति छैन ‘

काठमाडाैँ, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टीले लुटपाट गरी हतियार सङ्कलन गर्ने आफ्नो पार्टीको नीति नरहेको स्पष्ट पार्दै कैलालीको कैलारी गाउँपालिका वडा नं. ३ बर्कामुडा निवासी रामभरोस चौधरीको घरबाट मुकुन्डोधारीहरूले २ थान भरुवा बन्दुक लुटेको घटनामा पार्टीको नाम जोडिनु खेदजनक रहेको जनाएको छ । पार्टीका कैलाली जिल्ला सेक्रेटरी करणले विज्ञप्ति जारी गरी लुटपाटमा संलग्न समूहले […]

२०७६ फाल्गुन २७ गते, मंगलवार

कम्युनिस्ट महाराजहरूबाट महिला मुक्ति सम्भव छैन : किरण

काठमाडौं, २६ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले महिला दिवस श्रमिक महिलाको दिवस रहेको र कम्युनिस्ट महाराजाहरूबाट महिलाको मुक्ति सम्भव नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसरका अवसरमा आयोजित कार्यक्रममा नेता वैद्यले भने, ‘कम्युनिस्ट महाराजहरूबाट महिला मुक्ति सम्भव छैन । नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्तिको प्रक्रिया फेरि अगाडि बढ्छ […]

२०७६ फाल्गुन २६ गते, सोमबार