राजनीति

राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल अजरबैजानको बाकु शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिई आज स्वदेश फर्किएका हुन्। उनी कतारको राजधानी दोहा हुँदै शुक्रबार काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेल यही कात्तिक २५ गते उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान प्रस्थान गरेका […]

२०८१ कार्तिक ३० गते, शुक्रबार

रास्वपाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता

काठमाडौँ । अधिवक्ता अनुपम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गरेका छन् । सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, अदालतको बुधबार आदेशपछि अवहेलनाको निवेदन दर्ता भएको हो । अधिवक्ता भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद र नेताविरुद्ध दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते […]

२०८१ कार्तिक २९ गते, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा नारायणगढ–बुटवल सडकखण्डको ठेक्का तोड्ने चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको निर्माण कार्य आउँदो मङ्सिरभित्र सुरु नभएमा ठेक्का तोड्नुको विकल्प नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री […]

२०८१ कार्तिक २९ गते, बिहीबार

शीतल निवासको बगैचा सजाउन २४ लाख !

काठमाडौँ । राष्ट्रपतिको कार्यालयले शीतल निवासको बगैचा सजाउन २४ लाखको ठेक्का स्वीकृत गरेको छ। राष्ट्रपतिको कार्यालयले बिहीबार सूचना जारी बगैचा सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गरेको जनाएको छ ।यसैगरी , राष्ट्रपतिको कार्यालयले कार्यालयको सरसफाइ तथा ढल व्यवस्थापनका लागि २१ लाख २७ हजारको […]

२०८१ कार्तिक २९ गते, बिहीबार

‘१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौं’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने बताउदै भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो। हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु […]

२०८१ कार्तिक २८ गते, बुधबार

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमीऔं

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आत्मसमीक्षासहित होमिन निर्देशन दिएका छन्। सो पार्टीद्वारा आयोजित उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्।उक्त कार्यक्रमा प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने – ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै […]

२०८१ कार्तिक २८ गते, बुधबार

नेकपा (एस)ले उपनिर्वाचनमा गठबन्धन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ। सो पार्टीले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको हो ।नेकपा (एस)ले समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका […]

२०८१ कार्तिक २८ गते, बुधबार

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले मनाङेलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको जानकारी दिए । उनले पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने बताए ।मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल […]

२०८१ कार्तिक २७ गते, मंगलवार

लाल आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुलसम्बन्धी छानबिन गर्न गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन आज सार्वजनिक गरेको छ । उर्जा मन्त्रालयले सोमबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतिवेदन प्रचण्ड प्रधानमन्त्री हुँदा गठित आयोगले बनाएको थियो । त्यतिबेलै प्रचण्डलाई बुझाइएको थियो । प्रतिवेदनमा विवादका पक्ष र विषय, ग्राहकका किसिम, डेडिकेटेड फिडर तथा […]

२०८१ कार्तिक २७ गते, मंगलवार

माओवादी केन्द्रद्वारा पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्। उनले देशमा […]

२०८१ कार्तिक २६ गते, सोमबार