राजनीति

नेकपा नेता पुस्कर, प्रज्वलसहित चार जनालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, २५ भदौ । सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु घनश्याम श्रेष्ठ ‘पुस्कर’, कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र माधव गौतमसहित चार जनालाई तीनदिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि अदालतले बन्दीसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सरकारले गैरकानूनी रुपमा पटक–पटक गिरफ्तार गरी […]

२०७६ भाद्र २५ गते, बुधबार

एनसेलको फैसला उल्ट्याउने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं, २४ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुका साथै संसदले सो आदेशको छानबिन गर्नुपर्ने माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका हुन् । उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको […]

२०७६ भाद्र २४ गते, मंगलवार

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु हुदै

काठमाडौं , २४ भदौ । आजवाट नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान हुदैछ । कांग्रेसले तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने जनाएको छ । अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको बताइएको छ । अभियानको अन्तिम दिन असोज ७ गते केन्द्रीय […]

२०७६ भाद्र २४ गते, मंगलवार

चिनियाँ विदेशमन्‍त्री वाङ राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडाैं, २३ भदाै । नेपाल भ्रमणामा रहेका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी सोमबार बिहान चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा सरिक हुँदैछन् । त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाट गर्ने कार्यतालिका छ। सोमबार साढे तीनदेखि पउने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल […]

२०७६ भाद्र २३ गते, सोमबार

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउदै

काठमाडौं , २२ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार भोली विदेशमन्त्री वाङसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्विपक्षीय वार्ता गर्ने र भ्रमण टोलीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने वाङ वरिष्ठ चिनियाँ अधिकारी हुन । नेपाल भ्रमणका […]

२०७६ भाद्र २२ गते, आईतवार

इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको संयोजकमा भट्टराई

काठमाडौं, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गत इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अथिति तथा जनगणन्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका अध्यक्ष रत्न मगर र खेम प्रधानको आतिथ्यतामा बुधबार सम्पन्न भएको हो । सम्मेलनले गंगाराम भट्टराई संयोजक रहने गरि ११ […]

२०७६ भाद्र २१ गते, शनिबार

‘सरकार निरंकुश बन्यो ‘

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाइको आडमा सरकार निरंकुश बन्दै गएको ठोकुवा गरेका छन् । शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु कांग्रेसको प्रदेश नम्बर–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमासमेत हस्तक्षेप गर्न थालेको बताएका छन । […]

२०७६ भाद्र २१ गते, शनिबार

देशभरी मसाल जुलुस प्रदर्शन

काठमाडौं, २० भदौ । सर्वोच्च अदालतले एनसेलको फैसला उल्टाएपछि संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीले देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । राजधानी काठमाडौलगायत देशभरको कडा सुरक्षा ब्यवस्थालाई पत्तोसम्म नहुने गरि छापामार शैलीमा निकालिएको मसला जुलुसमा एनसेल बिरोधी नारा लगाएका थिए भने सरकारप्रति आर्कोश अभिव्यक्त भएको थियो । एनसेलले अरबौ कर छली गरेको र त्यसलाई अदालतले […]

२०७६ भाद्र २० गते, शुक्रबार

‘जनभावना विपरितका विधेयक अमान्य’

काठमाडौं , १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनभावना विपरित हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको बताएका छन । सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति […]

२०७६ भाद्र १९ गते, बिहीबार

सम्पादक हमालको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

काठमाडौं , १८ भदौ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख […]

२०७६ भाद्र १८ गते, बुधबार