राजनीति

सम्पादक हमाल सर्वोच्चको गेटबाटै पुन : गिरफ्तार

काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । अदलत परिसरबाटै उनलाई मंगलवार प्रहरीले पुन गिरफ्तार गरेको हो । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट गत भदौ ६ गते गिरफ्तार गरेको थियो । हमाललाई […]

२०७६ भाद्र १८ गते, बुधबार

नेकपाका पाँच नेता रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौं , १७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेता अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमवार रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले उनीहरुलाई पुन गिरफ्तार गरेको हो । पक्राउ पर्नेहरुमा नेताहरू घनस्याम श्रेठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्का रहेका छन् । गत […]

२०७६ भाद्र १७ गते, मंगलवार

दिनेश र सितारामलाई तत्काल रिहा गर्न माग

काठमाडाैँ, १५ भदाै । नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले व्युरो सदस्य दिनेश शारु र शुभचिन्तक सितारामलाई तत्काल रिहा गर्न माग गरेको छ । जनकपुर व्युरो इन्चार्ज अरुणले शुक्रबार प्रेस विज्ञप्ति निकाली २०७६ साल भदौ ४ गते पार्टी कामको सिलसिलामा धनुषाको ढल्केबरबाट जनकपुर जाँदैगर्दा बीच बाटोमै साधा पोसाकका प्रहरीले अपहरण गरी बेपत्ता पारिएका व्युरो सदस्य दिनेश […]

२०७६ भाद्र १५ गते, आईतवार

कालिकोट जिल्ला जनपरिषद मदिरा नियन्त्रण अभियानमा

काठमाडाैँ, १५ भदाै । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला जनपरिषदले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ । जिल्ला जनपरिषदको तर्फबाट अर्जुन वि.क.ले शनिबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न जिल्लाबासी सबैमा अपिल गरेका छन । विज्ञप्तीमा जनताको वैकल्पिक सत्ताको रुपमा स्थापीत जनपरिषदले समाजमा मौलाउदै […]

२०७६ भाद्र १५ गते, आईतवार

ठेकेदार भारती पक्राउ

काठमाडाैँ, १३ भदाै । नेपाल प्रहरी अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले चर्चित सुडान घोटाला काण्डमा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ गरेको छ । भारतीलाई शुक्रबार बिहान आफ्नै निवास भैंसेपाटीमा बसिरहेका बेला पक्राउ गरिएकाे सीआईबीका एसपी दीपक रेग्मीले जानकारी दिए । सुडान घोटाला काण्डमा दोषी ठहर भई भारती फरार रहेका थिए । विशेष अदालतले […]

२०७६ भाद्र १३ गते, शुक्रबार

‘सरकार प्रतिबन्धको खाडलमा ‘

काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटका इन्चार्ज बिराटले नेकपामाथी प्रतिवन्ध लगाउने सरकार आफै प्रतिवन्धको खाडलमा परेको वताएका छन । वुधबार जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकामा पार्टीको २ नम्बर एरियाको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता विराटले क्रान्तिकारी, तथा देशभक्त जनता वाट घृणीत भएको सरकार पछिल्लो समय चौतर्फि विरोधले आफै प्रतिवन्धमा परेको ठोकुवा गरे । सरकारले […]

२०७६ भाद्र १२ गते, बिहीबार

बिप्पाको कानुनी उल्झन सुल्झियो

काठमाडौँ, १२ भदौ । नेपाल र भारतबीच भएको द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) कार्यान्वयनको कानुनी बाटो खुलेको छ । सम्झौता कार्यान्वयन रोक्न माग गर्दै आठ वर्षदेखि सर्वोच्चमा विचाराधीन रिट बुधबार खारेज भएको छ । संवैधानिक इजलासले रिट खारेज गरेसँगै सम्झौता कार्यान्वयनको बाटो खुलेको हो भने अरू मुुलुकसित लगानी प्रवद्र्धन गर्न सम्झौता गर्ने मार्गप्रशस्त […]

२०७६ भाद्र १२ गते, बिहीबार

चितवनमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं, ९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले हिजो साँझ नै निषेधाज्ञा जारी गरेको छ । आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन । स्थानीय प्रशासनले निषेधाज्ञा […]

२०७६ भाद्र ९ गते, सोमबार

सम्पादक हमाल र जिल्ला इन्चार्ज रुपेशलाई रिहाइ गर्न माग

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोले व्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमको सम्पादक ओम हमाललाई पोखराबाट विना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गण्डक व्युरो इन्चार्ज आस्थाले शुक्रबार विज्ञप्ति जारी गरी निहत्था नागरिकहरुको हत्यामा उत्रिएको जन […]

२०७६ भाद्र ६ गते, शुक्रबार

भिडियो कन्फ्रेरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने !

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने संकेत देखिएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । अब प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा […]

२०७६ भाद्र ५ गते, बिहीबार