कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, २२ असार । आज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने बताइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ । […]
२०७६ असार २२ गते, आईतवार