राजनीति

रोल्पाका गाउँगाउँमा सर्च अप्रेसन !

काठमाडौं, २९ असार । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्न भन्दै रोल्पामा सर्च अप्रेसनलाई व्यापक बनाएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको घर भावाङदेखि लिएर युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक गाउँमासमेत लगातार प्रहरीले ३ दिन खानतलासी गरेर स्थानीयहरुलाई त्रसित बनाएको बुझिएको छ । त्यस्तै गंगादेव गाउँपालिका […]

२०७६ असार २९ गते, आईतवार

विषादीयुक्त खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गर्दै यसको वेवास्था गरी अटेर गर्दै जबर्जस्ती विषादीयुक्त फलफुल,तरकारी लगायतका कुनैपनि खाद्य सामग्री भित्र्याउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित […]

२०७६ असार २४ गते, मंगलवार

विषादीयुक्त तरकारी र खाद्य पदार्थ बिक्रीवितरण गरे कडा कारबाही !

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीले बिना चेकजाँच भारतबाट विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन रोक लगाउने बताएको छ ।सो पार्टीका झापा जिल्ला इन्चार्ज मनिसले सोमबार विज्ञप्तिमार्फत हालसालै मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्नेगरी बिना चेकजाँच भारतबाट विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ […]

२०७६ असार २४ गते, मंगलवार

क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन

काठमाडौं, २३ असार । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका पीवीएम श्रीनाथ अधिकारी‘श्याम’को निधन भएको छ । नेता श्यामको निधनले पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरुसहित सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित बनाएको भन्दै नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन गएको क्रान्तिकारी माओवादीले पार्टी जनाएको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले सोमबार जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा […]

२०७६ असार २३ गते, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, २२ असार । आज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने बताइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ । […]

२०७६ असार २२ गते, आईतवार

पौडेलको पोष्टमार्टम रिपोर्ट तत्काल सार्वजनिक गर्न माग

काठमाडौं, २१ असार । सर्लाहीमा प्रहरीद्धारा असार ५ गते हत्या गरिएका नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ । जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्कमि रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीयवासी र परिवारसँग छलफल […]

२०७६ असार २१ गते, शनिबार

भारतको तीव्र दबाबपछि विषादी जाँच निर्णय फिर्ता

काठमाडौं, २० असार । सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । काठमाण्डौस्थित भारतीय दूतावासले विषादी परीक्षण नगर्न तिब्र दबाब दिएपछि सो निर्णय फिर्ता लीएको बुझिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । सीमा नाकामा फलफुल तथा तरकारीको […]

२०७६ असार २० गते, शुक्रबार

‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ प्रवृत्ति मौलाउँदै

काठमाडौं, २० असार । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ प्रवृत्ति निकै मौलाउँदै गएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभिन्न पृष्ठभूमिका व्यक्तिहरु प्रवेश गर्ने लर्को लागिरहेको सन्दर्भमा उनले सो कुरा बताएका हुन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यतिबेला जता […]

२०७६ असार २० गते, शुक्रबार

८ दलद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं, १८ असार । सरकारविरुद्ध ८ कम्युनिस्ट घटक र दलहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ८ ओटा साना दलले वर्तमान सरकारले राष्ट्रवादको आवरणमा राष्ट्रहितविपरीतका काम गरेको र निरंकुशता लाद्न खोजेको भन्दै यही असार २० गतेदेखि आन्दोलन गर्ने बताएका हुन् । नेपाली कांग्रेस बीपी, नेकपा माले, जनसमाजवादी दल, नेपाल समाजवादी […]

२०७६ असार १९ गते, बिहीबार

नेकपाका नेता कार्की रिहा

काठमाडौं, १७ असार । एकहप्ता अघि गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्की सोमबार साँझ रिहा भएका छन् । उनी सकारात्मक सोचका जीवन प्रशिक्षक, चलचित्र निर्माता तथा ‘नो ट्याक्स, नो एनसेल’ अभियानका अभियन्ता पनि हुन् । गत असार १० गतेलाई नेकपाले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सामाजिक अभियन्ता […]

२०७६ असार १७ गते, मंगलवार