राजनीति

ओलीको चीन भ्रमणको तयारी तीव्र

काठमाडौं, २३ जेठ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी तीव्र बंनाएको छ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा तयारीलाई समेत तीव्रता दिएको छ । यो भ्रमण मुलतः आर्थिक विकासमा नै केन्द्रित गर्ने मन्त्रालयको तयारी रहेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि असार ५ गतेको मिति प्रस्ताव गरिएको छ । मितिबारे लगभग सहमति […]

२०७५ जेष्ठ २३ गते, बुधबार

जनप्रतिनिधिहरुको राजीनामा माग

काठमाडौं, २२ जेठ । जिल्ला जनपरिषद दाङले जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै मंगलबार राजीनामा पत्र बुझाएको छ । दाङका ४ वटा गाउँपालिका अन्तर्गत दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई राजीनामा पत्र बुझाउँदै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न आग्रह […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

एमाले – माके एकीकरणले अझै कानुनी मान्यता पाएन

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र दिइसकेको छैन। आयोगले दर्ता प्रमाण नदिँदासम्म कानुनी रूपमा दुई दल एक भएको मानिन्न। दुई दलले एकीकरणकै दिन जेठ […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

नेकपाद्वारा अरुण-३ छोडेर जान भारतीय कम्पनी सतलजलाई चेतावनी

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले अरुण–३ छोडेर जान भारतीय सतलज जलविद्युत निगम लिमिटेडलाई चेतावनी पत्र पठाएको छ । उसले अरुण–३ जलविद्युत आयोजनामा हात हालेर सतलजले नेपालको हितविपरित कार्य गरेको बताएको छ । “यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिक संविधानको धारा १५६) लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुप्पिएको छ । […]

२०७५ जेष्ठ २१ गते, सोमबार

बिमस्टेकको शिखर सम्मेलन भदौ १४ देखि

काठमाडौं, २० जेठ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा आयोजना गर्ने जनाएको छ । बैठकले सम्मेलन आगामी भदौ १४ र १५ वा २१ र २२ गते गर्न सदस्यराष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलन तयारीको लागि आवश्यक उपसमितिहरु बनाउने निर्णय समेत गरेको छ । […]

२०७५ जेष्ठ २० गते, आईतवार

२८ जना डीएसपी बढुवाका लागि सिफारिस

काठमाडौं, २० जेठ । नेपाल प्रहरीका २८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लार्इ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबारकाे बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै जनाएको छ । प्रहरी नियमावली २०७१ अनुसार जनपद तर्फका डिएसपीहरूलार्इ साेही समूहतर्फ एसपीमा बढुवा गरिएकाे हाे । सिफारिसको एक नम्बरमा अच्युतम […]

२०७५ जेष्ठ २० गते, आईतवार

सवारी–साधनको भित्री भागमा पनि नम्बर राख्नुपर्ने

काठमाडौं, १८ जेठ । उपत्यकामा सन्चालित सार्वजनिक सवारी–साधनले यात्रीले देख्नेगरी सवारी–साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रीले धेरै सरसामान छोड्ने र हराउनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा […]

२०७५ जेष्ठ १८ गते, शुक्रबार

अाेलीको चीन भ्रमण तय

काठमाडाैं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन प्रस्थान गर्ने भएका छन् । अाेलीकाे पाँच दिने चीन भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले बुधबार साइत जुराएको हो । असार ५ देखि १० गतेसम्म हुने अाेलीकाे चीन भ्रमणकाे तयारीका लागि नेपालका लागि चिनियाँ राजदूत लिलामणी पौडेल चीन प्रस्थान गरिसकेको स्रोतले बतायो । […]

२०७५ जेष्ठ १७ गते, बिहीबार

कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १६ जेठ । विश्व कम्युनिष्ट आन्दोलनका विचारक कार्ल मार्क्स जन्मिएको २०० वर्ष पूरा भएको अवसरमा बुधबारदेखि काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको आयोजना भएको दुईदिने सम्मेलनमा नेपाललगायत भारत, जापान, कोरिया, ब्राजिल, जर्मनका ४० भन्दा बढी कम्युनिस्ट पार्टीका नेता सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपाका […]

२०७५ जेष्ठ १६ गते, बुधबार

प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक विरेन्द्र एडीलाई पक्राउ गरेको छ । उनलाई २४ हजार घुस लिंदा लिंदै रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ। आयोगका अनुसार २०६३ मा असइबाट प्रहरी सेवामा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए। प्रहरीले धम्की […]

२०७५ जेष्ठ १६ गते, बुधबार