राजनीति

एमाले स्थायी कमिटीले विभागमा मनोनयन गर्न सकेन

काठमाडौँ, १७ चैत । नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए […]

२०७२ चैत्र १७ गते, बुधबार

राजकुमार ह्यारी स्वदेश फर्किदै

काठमाडौं, १७ चैत । बेलायती राजकुमार ह्यारी आज राति स्वदेश फर्किन लागेका हुन् । उनि गत चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका थिए । ह्यारी कतार एयरवेजको विमानमार्फत बुधवार राति ९ः१५ स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । नेपालमा बसाइका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए । यसैगरी ह्यारीले भूकम्पले […]

२०७२ चैत्र १७ गते, बुधबार

एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौ, १७ चैत । एमाले स्थायी समितिको बैठक आज बस्ने भएको छ । बैठक सरकार सञ्चालनमा देखिएको अप्ठ्यारो र पार्टीका विभागलाई पूर्णता दिने विषयमा छलफलहुने बताइएको छ । स्थायी समितिको बैठकमा एमालेले लामो समयदेखि पूर्णता पाउन नसकेका विभाग गठन, नेताहरुको जिम्मेवारी विभाजनका विषयमा छलफल गर्नेछ । महाधिवेशन सम्पन्न भएको २ बर्ष पुग्दा पनि एमालेको केन्द्रीय […]

२०७२ चैत्र १७ गते, बुधबार

पूर्वपत्नी भेट्न विमान अपहरण !

काठमाडौं, १६ चैत । इजिप्टमा अपहरणमा परेको इजिप्टएअरको फ्लाइट ‘एमएस १८१’ को एअरबस ३२० विमानका रहेका अधिकांश यात्रु रिहा भएका छन् । ८१ जना सवार विमान दक्षिणी साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गराइएको छ । आन्तरिक उडानमा रहेको उक्त विमान मंगलबार अलेक्जेन्ड्रियाबाट राजधानी कायरो जाँदै थियो । विमानमा रहेका एकजना यात्रुले विस्फोटक पदार्थ भएको पेटी लगाएको […]

२०७२ चैत्र १६ गते, मंगलवार

अपहरित विमानवाट चालक दल र विदेशी यात्रु बाहेक अरु छुटे

काठमाडौ, १६ चैत । इजिप्ट एयरको आन्तरिक उडानका क्रममा अपरहणमा परेको विमानमा रहेका ८१ यात्रु मध्ये चालक दलका सदस्य र चार विदेशी यात्रु बाहेक अरु छुटेका छन् ।आज फ्लाइट एमएस १८१ को एयरबस ए ३२० विमान अपरहणमा परेको थियो । अलेक्जेन्ड्रियाबाट राजधानी कायरोका लागि उडेको विमानमा रहेको एक जना आत्मघाती पेटी बाँधेका आक्रमणकारीले विमानलाई साइप्रस […]

२०७२ चैत्र १६ गते, मंगलवार

इजिप्ट एयरको विमान अपहरण, साइप्रसमा अवतरण

काठमाडौ, १६ चैत । इजिप्ट एयरको विमान अपहरण भएको छ । अपहरणकर्ताले सो विमानलाई साइप्रसमा अवतरण गराएको संचारमाध्यमहरुले जनाएका छन् । एलेक्जान्ड्रियाबाट कायरोतर्फ जाँदै गरेको अवस्थामा विमान अपहरण भएको हो । इजिप्ट एअरको एअरबस ३२० दक्षिणी साइप्रसको लार्नाका विमानस्थलमा केहीबेर अघि सो विमान अवतरण भएको छ । समाचार एजेन्सीहरुका अनुसार अपहरणकारीले विमानमा बम रहेको चेतावनी […]

२०७२ चैत्र १६ गते, मंगलवार

पोखरेलको शव पद्मकन्या क्याम्पसमा

काठमाडौ, १६ चैत । पद्मकन्या क्याम्पसका पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल (स्वस्तिका) को शव श्रद्धाञ्जलीका लागि अहिले बिहान पद्मकन्या क्याम्पसमा राखिएको छ । उनको शव बिहान ७ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि क्याम्पसमा राखिने नेविसंघले जनाएको छ । कांगेसको पूर्व महासमिति सदस्य समेत रहेकी उनको शवमा पार्टी सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली दिने कांगेसले जनाएको छ […]

२०७२ चैत्र १६ गते, मंगलवार

मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताउनुभएको छ । एसियाली विकास बैंकको सहकार्यमा राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको ‘सन् २०३० ः नेपालको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अधिकार प्राप्तिको चरण सकिएकाले मुलुकको ध्यान आर्थिक विकासमा केन्द्रित […]

२०७२ चैत्र १५ गते, सोमबार

भ्रातृसंस्थाको अधिवेशन समयमै गर : देउवा

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न निर्देशन दिएका छन् । सभापति देउवालाई सम्मान गर्न उनकै निवास बुढानिलकण्ठ पुगेको नेपाल तरुण दलका प्रतिनिधिलाई उनले यस्तो निर्देशन दिएका हुन् । देउवाले समयमै अधिवेशन गर्न निर्देशन दिँदै लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा समेत […]

२०७२ चैत्र १४ गते, आईतवार

प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । चीनको आठ दिने भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । चीनमा रहँदा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रधानमन्त्री ओलीले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए । भ्रमणकै क्रममा नेपाल–चीनबीच दश […]

२०७२ चैत्र १४ गते, आईतवार