राजनीति

सुगौली सन्धिमा गुमेको भुमि फिर्ता लेउ : ग्रेटर नेपाल

काठमाडौं । सुगौली सन्धि भएको २०० वर्ष पुगेको छ । यसै क्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले डिसेम्बर २ लाइ कालो दिवसका रुपमा मनाएको छ । सन् १८१५ डिसेम्बर २ मा बेलायतले सुगौली सन्धि प्रस्ताव गरेको र आज २०० वर्ष पुगेको अवसरमा सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाकी भूभाग भारतले फिर्ता गर्नुपर्छ भन्ने माग गर्दै ग्रेटर […]

२०७२ मंसिर १६ गते, बुधबार

भारतीय नाकावन्दी विरुद्ध विशेष अभियान प्रारम्भ

काठमाडाैं,१५ मंसिर । ६७ औ विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित १० दिवसीय विशेष अभियान मसिंर १५ गते जोरपाटीबाट प्रारम्भ गरेकोे छ । यस क्रममा मंसिर १५ गते दिउँसो जोरपाटी चोकमा हस्ताक्षर संकलन प्रारम्भ भएको छ । जसमा […]

२०७२ मंसिर १५ गते, मंगलवार

सत्तारुढ दल, प्रतिपक्ष र आन्दोलनरत मोर्चाबिच वार्ता हुँदै

काठमाडौं,१६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सत्तारुढ दल, प्रमुख प्रतिपक्ष कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबिच वार्ता हुने भएको छ । प्रधानमन्त्रीओलीको आह्वानमा गतसोमबार भएको बैठकले सीमांकनमा केन्द्रित रहेर वार्ता गर्ने निर्णय भए अनुसार मुख्य दलहरुबिच आज छलफल हुन लागेको हो । तर निर्णायक हुने भनिएको आजको वार्तामा मोर्चाका शीर्ष नेता भने सहभागी […]

२०७२ मंसिर १६ गते, बुधबार

मोदीले नेपालसँगको युगौंदेखिको सम्बन्ध बिगारेः लालु

काठमाडौं, १५ मंसिर । भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौंदेखिको सम्बन्ध बिगारेको बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै भारतीय पूर्वमन्त्री यादवले अब नेपालमा चीन घुस्दै गएको तर मोदी विश्वभ्रमणमा रहेको बताएका हुन । भारतीय राजनीतिमा सधैं सक्रिय रहेका उनले प्रधानमन्त्री मोदीको आलोचना गरेका हुन । […]

२०७२ मंसिर १५ गते, मंगलवार

नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न मानव साङ्लो प्रदर्शन गरिँदै

काठमाडौं , १४ मंसिर । राष्ट्रिय स्वाधीनता अभियानले नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न आज दिउसो २ देखि ३ बजेसम्म सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव सांग्लो प्रदर्शन गर्दैछ । अभियानले एक घण्टासम्म राष्ट्रका पक्षमा राष्ट्रिय झण्डासहित सडकमा उभिन सबैलाई आह्वान गरेको छ । ‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गराैं’ भन्ने नारा साथ सिंहदरबारदेखि […]

२०७२ मंसिर १४ गते, सोमबार

१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाण्डौ ,१३ मंसिर । अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसको सीमा नाकाबाट नेपाल प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान साढे ६ बजेतिर केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । […]

२०७२ मंसिर १३ गते, आईतवार

सेना परिचालन हुन सक्छ : रक्षामन्त्री रावल

काठमाडौं, १२ मंसिर । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले राष्ट्र, जनता र लोकतन्त्रको सर्वोपरी हितका लागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गर्ने बताएका छन् । आज राजधानीमा गरिएको साक्षात्कारमा रक्षामन्त्री रावलले सामाजिक सद्भाव र अखन्डतामा आँच पुर्‍याउने गतिविधि कुनै हालतमा पनि स्वीकार्य नहुने भन्दै आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गरिने बताएका हुन् । […]

२०७२ मंसिर १२ गते, शनिबार

सरकारी ढुकुटीमा पहुँचवालाको रजाइँ

काठमाडौँ । दोस्रो संविधानसभाको निर्वाचनदेखि हालसम्म सरकारले विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताका नाममा रु. दुई अर्ब ८४ करोड ७० लाख ७३ हजारभन्दा बढी रकम वितरण गरेको छ । सरकारी ढुकुटीबाट वितरण गरिएको सो रकममध्ये केही निर्देशिका तथा कार्यविधिबिना नै वितरण गरेको देखिएको र केही रकम मन्त्रिपरिषद्ले असिमित रुपमा वितरण गरेको भन्दै व्यवस्थापिका–संसदको अर्थ समितिले […]

२०७२ मंसिर १२ गते, शनिबार

लिम्बुवानमा आन्दोलन चर्कने , १४ गतेदेखि अनिश्चितकालीन चक्काजाम

काठमाडौं, ११ मंसिर । ‘‘अरुण–सप्तकोशीपूर्वका झापा, मोरङ, सुनसरीसहित नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर ’’ भन्ने मूल नाराका साथ संघीय लिम्बुवान पार्टी, नेपालले चौथो चरणको आन्दोलनका कार्यक्रम सार्बजानिक गरेको छ l आन्दोलनको कायक्रम अन्तर्गत मङ्सिर १४ गतेदेखि लिम्बुवानमा अनिश्चितकालीन चक्काजाम गर्ने समेत रहेको छ l लिम्बुवान राज्य प्राप्ति र लिम्बुवानको सिमा रक्षाको लागि सो […]

२०७२ मंसिर ११ गते, शुक्रबार

नाकाबन्दीको विरोधमा मानव साङ्लो प्रदर्शन गरिदै

काठमाडौं, ११ मंसिर । भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलन कारण देशको अवस्था अस्तव्यस्त भएपछि त्यसको विरोधमा आज राजधानीमा विशाल मानव सांग्लोे प्रदर्शन गरिदैछ । बन्दका कारण बालबालिकामा परेको असरलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने उद्देश्यले आज बालबालिकाहरु हातमा प्लेकार्ड बोकी चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन् । ‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य […]

२०७२ मंसिर ११ गते, शुक्रबार