राजनीति

घुस्याहा सुब्बा अख्तियारको फन्दामा

काठमाडौं, २२ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्की झण्डै ७२ लाख रूपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ ८ बजेतिर धुम्बाराहीको मुनलाइट क्याफेबाट कार्कीसँगै दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम अधिकारीलाई पक्रेको हो । घुस लिएको रकम दुई झोला र एक पोकामा […]

२०७१ कार्तिक २२ गते, शनिबार

सरकारले सर्वोच्चलाई पिडिए बुझायो

काठमाडौं, २१ कात्तिक । माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता (पिडिए) सरकारले सर्वोच्चलाई बुझाएको छ । नेपालको प्रचलित कानुन र नेपाल र नेपालीको हित विपरित भएकाले खारेजीको माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरिएको थियो । जलाधार क्षेत्रका ३६ जनाको तर्फबाट अछाम पुल्लेतोला गाविसका डम्बर रावलले मुद्दा दायर गरेका हुन । सरकारले चौतर्फी विरोधकाबिच असोज ३ […]

२०७१ कार्तिक २१ गते, शुक्रबार

उपत्यकाका सामुदायिक विद्यालय बन्द

काठमाडौ, २१ कात्तिक । विगतमा गरिएको सहमति कार्यान्वयनको मागसहित आन्दोलनरत अस्थायी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलन स्वरुप आज उपत्यकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । कक्षा बहिष्कार गरी आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षा मन्त्रालयद्धारा विसं २०७० असोज १३ गते शिक्षकहरुका पेसागत संगठनसमेतको उपस्थितिमा अस्थायी शिक्षकहरु गरिएको सहमति कार्यान्वयन नगरिएको भन्दै विद्यालय बन्द […]

२०७१ कार्तिक २१ गते, शुक्रबार

बस दुर्घटना गराउनेलाई कर्तब्य ज्यानको मुद्दा

काठमाडौ, २० कात्तिक । तीन साता अघि राजधानीको बबरमहलमा तीन जनाको ज्यान जाने गरी बस चलाई दुर्घटना गराउने चालकलाई प्रहरीले कर्तब्य ज्यानमा मुद्धा चलाउने तयारी गरेको छ ।महानगरीय प्रहरी बृत सिंहदरबारले बसका चालक चन्द्रबहादुर तामाङलाई कर्तब्य ज्यानमा मुद्धा दायर गर्ने राय सहित सरकारी वकिल कार्यालयमा मुद्धा बुझाएको छ । दुर्घटना हुन्छ भन्ने थाहा हुदाँ हुदै […]

२०७१ कार्तिक २० गते, बिहीबार

अख्तियार प्रमुख लोकमानसिंह संसदीय समितिमा

काठमाडौ, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाइ संसदको अर्थसमितिले बोलाए लगत्तै लेखा समितिले पनि बोलाएको छ । अख्तियारले आफ्नो कार्यक्षेत्र मिचेर विकास आयोजनाको काम रोक्न निर्देशन दिएको भन्दै समितिले कार्र्कीलाई बोलाउने निर्णय गरेको हो । संसदको अर्थ समितिले आज अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग अहिले छलफल गरिरहेको छ । । बैठकमा […]

२०७१ कार्तिक १९ गते, बुधबार

नयाँ शक्ति निर्माणको लागि दुई दलको अपिल

काठमाडौ । बर्तमान राजनीतिक गतिविधिवाट आक्रान्त भएका आम नागरिकको भावनालाई आत्मसाथ गर्दै संविधान सभाको चुनाब बहिष्कार गरेका राष्ट्रिय पुनर्जागरण पार्टी र नेपाल गणतान्त्रिक जनता पार्टीले अब राष्ट्रलाई विकास र समृद्विको वाटोमा लैजान नयाँ शक्तिको आवश्यकता भएकाले चाँडै नयाँ शक्ति निर्माणमा जुट्ने प्रतिवद्वता व्यक्त गरेका छन् । दुवै पार्टीका अध्यक्षद्वारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तीमा […]

२०७१ कार्तिक १८ गते, मंगलवार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौ, १८ कात्तिक । नेकपा एमालेको चार दिनअघि स्थगित भएको तेस्रो केन्द्रीय कमिटीको बैठक आज पुन बस्दैछ ।यस अघिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यविभाजन, कार्ययोजना र पोलिटव्यूराको गठल लगायतका एजेण्डा प्रस्तुत गरे पनि छलफल नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता माधवकुमार नेपालले औपचारिक रुपमा पेस गर्नु […]

२०७१ कार्तिक १८ गते, मंगलवार

ताप्लेजुङमा बम पड्क्यो

काठमाडौँ । गएराति ताप्लेजुङ जिल्ला प्रहरी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ । गएराति करीव १० बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको माथिल्लो पटिको गेट नजिकै प्रेसर कुकर बम विस्फोट भएको हो ।विस्फोटले मानविय तथा भौतिक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख मेघराज कँडेलले जानकारी दिए । प्रहरीले विस्फोट भएको स्थानबाट […]

२०७१ कार्तिक १७ गते, सोमबार

तीव्र रुपमा गाडी चलाए खबर गर्नुहोस् : प्रहरी

काठमाडौं, १६ कात्तिक। नेपाल प्रहरीले केही दिनयता देशका विभिन्न ठाउँमा भएका गाडी दुर्घटनाबाट भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीले विज्ञप्ती निकालेर देशभर भएका विभिन्न गाडी दुर्घटनाका विविध कारणहरुमध्ये तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नु प्रमुख कारण भएको उल्लेख गर्नुभएको छ । प्रहरीका अनुसार […]

२०७१ कार्तिक १६ गते, आईतवार

४३ लाख नेपाली नागरिकताबाट वञ्चित

काठमाडौँ, १५ कात्तिक।एक अध्ययनले त्रिचालिस लाखभन्दा बढी नेपाली नागरिकताबाट वञ्चित भएको देखाएको छ । महिला, कानुन र विकास मञ्चको अध्ययनले २००९ सालदेखि २०७० असार मसान्तसम्ममा दुई करोड १४ हजार ९ सय ५० जनाले नागरिकता लिएको जनाएको हो । संवैधानिक कानुन व्यवसायी मञ्चले सभासद्हरूसँग शनिबार राजधानीमा गरेको ‘नयाँ संविधानमा नागरिकता : सवाल समानता र पहिचानको’ विषयक […]

२०७१ कार्तिक १५ गते, शनिबार