राजनीति

राप्रपाको अध्यक्षमा थापा

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनले सूर्यबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । थापालाई अध्यक्षमा चयन गर्न बन्दसत्रमा पशुपति शमशेर राणाले प्रस्ताव राखेका थिए भने लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए ।नेताहरुबीच एकतापछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राख्ने सहमति भएपछि कार्यकर्ताको विरोधपछि राष्टिय प्रजातन्त्र पार्टी नै […]

२०७० जेष्ठ ६ गते, सोमबार

कांग्रेसका विभाग र समितिहरुले पूर्णता पाए

काठमाडौं,– नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादर देउवाबीच नौ महिनादेखि जारी विवाद सहमतिमा टुंगेपछि सभापति कोइरालाले विभागका साथै अन्य समितिहरुलाई पूर्णता दिएका छन । सभापति कोइरालाले आइतबार पार्टी विधानको धारा २४(८) र नियमावली २०६८ को परिच्छेद—३ दफा १३ (२) अनुसार ४१ वटा विभाग गठन गरेको कांग्रेस मुख्यसचिवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । […]

२०७० जेष्ठ ५ गते, आईतवार

तरकारी बजारका व्यवसायी आन्दोलनमा

काठमाडौं,– काठमाडौंको कालीमाटी तरकारी बजारका व्यवसायीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । बजारको छिट्टै पुननिर्माण, स्रोत बजारको व्यवस्था, बजारमा पारदर्शी तरिकाले स्टल वितरणलगायतका माग राख्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।झण्डै डेढ वर्षअघि कालीमाटी तरकारी बजारमा आगलागी हुँदा क्षती भएका भवनको अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र गैर व्यवसायीहरुले राजनीतिक आड लिएर बजारको ठाउँ ओगटेर पसल […]

२०७० जेष्ठ ५ गते, आईतवार

नयाँ वैदेशिक नीति ल्याइने

काठमाडौँ । नेपालले कुन देशबाट कस्तो खालको फाइदा लिने हो, त्यसै अनुरूपको नीति तयार गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । उद्योग मन्त्रालयले गरेको छलफलमा उनीहरूले रोजगारमूलक अर्थतन्त्र आवश्यक भएकाले कृषि, पर्यटन, जलजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सुझाव दिए । सो अवसरमा अर्थमन्त्री कोइरालाले नेपालमा वैदेशिक लगानीका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक भएको बताए । […]

२०७० जेष्ठ ५ गते, आईतवार

उच्चपदस्थलाई आवास सुविधा

काठमाडौँ । गतमाघ २९ गतेको मन्त्रिपरिषद्को बैठकले आवास सुविधासम्बन्धी मापदण्ड पारित गरेपछि अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत संवैधानिक निकायका अन्य विशिष्ट तथा उच्चपदस्थ व्यक्तिले आफ्नो पदावधि सकिएपछि पनि आवासको सुविधा पाउने भएका छन् । सहरी विकास मन्त्रालयले एकल तथा संयुक्त आवास भवनहरू खुला प्रतिस्पर्धाका आधारमा निर्माण गर्नका लागि बोलपत्र गर्ने अन्तिम तयारी गरिरहेको छ । […]

२०७० जेष्ठ ४ गते, शनिबार

नेपालमा र्सार्कस्तरीय सरसफाइसम्बन्धी सम्मेलन

काठमाडौँ । नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क स्तरीय सरसफाइसम्बन्धी सम्मेलन हुने भएको छ । आगामी कात्तिक महिनामा हुने सम्मेलनमा र्सार्क राष्ट्रले सरसफाइका क्षेत्रमा गरेका प्रगति एवं समस्याका बारेमा छलफल हुनेछ । सन् २०१७ सम्ममा सबैका लागि सरसफाइको पहुँच पुर्याउने विश्वव्यापी अभियान रहेको छ । नेपालमा अझै पनि ३८ प्रतिशत जनता सरसफाइको पहुँचभन्दा बाहिर […]

२०७० जेष्ठ ४ गते, शनिबार

आज भण्डारी-आश्रतिको २०औ स्मृति दिवस

काठमाडौ ,आज जेठ ३ गते कम्युनिस्ट नेता मदन भण्डारी र जिवराज आश्रतिको २०औ स्मृति दिवस मनाइदै छ । २०५० साल आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन प्रमुख आश्रतिको चितवनको दासढुंगामा जिप दुघटनमा परी निधन भएको थियो । यसै दिनलाई मदन आश्रीत स्मृति दिवसका रुपमा मनाइँदै आइएको छ । नेकपा एमालेले आज २०औँ […]

२०७० जेष्ठ ३ गते, शुक्रबार

मुलुक अकल्पनीय दुर्घटना तर्फ :विप्लब

काठमाडौ , । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले नयाँ निर्माण गर्ने संविधानको सैद्धान्तिक पक्षमा सहमति नगरी निर्वाचन गर्नुको कुनै अर्थ नरहने बताएका छन । माओवादीद्वारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले‘सबै राजनीतिक दलबीच साझा सहमति निर्माण भयो भने निर्वाचन नगरेर पनि संविधान जारी गर्न सकिने दाबि गरे l राजनीतिक दलले जनताको प्रतिनिधित्व गर्ने भएकालेसंविधान निर्माणमा दलीय […]

२०७० जेष्ठ २ गते, बिहीबार

औद्योगिक शान्तिको कुरा नौटंकी : आचार्य

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक रामदीप आचार्यले मजदूरका समस्या समाधान नगरी औद्योगिक शान्तिका कुरा नौटंकी मात्र र आफूहरुले त्यो शान्तिलाई नमान्ने बताएका छन । केन्द्रीय कार्यालयले तय गरेका संघर्षका कार्यक्रम बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । वर्तमान सरकार मजदूरका समस्या समाधान गर्ने भन्दापनि […]

२०७० जेष्ठ १ गते, बुधबार

एमाओवादीका सयौ कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौ । एमाओवादीका करिब १०० कार्यकर्ता पार्टी परित्याग गरी नेकपा-माओवादीमा प्रवेश गरेका छन् ।यसरी प्रवेश गर्नेमा एमाओवादी सिन्धुपाल्चोक सहइन्चार्जसहित, जिल्ला सचिवालय सदस्य सानु योन्जन, जिल्ला सदस्य टासी लामा, नरबहादुर तामाङ, विक्रम तामाङ, हिमाल लामा, सोम तामाङ, विक्रम तामाङ, सुनिल लामालगायत छन् ।नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर थापाले सबै पार्टी रहेका देशभक्त अब माओवादीमा गोलबन्द […]

२०७० बैशाख ३१ गते, मंगलवार