राजनीति

मजदुर किसान पार्टीको महाधिवेशन आजदेखि

काठमाडौँ ,२१ चैत। ‘समाजवादी गणतन्त्र, कामदार वर्गको प्रजातन्त्र’ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीको छैठौ महाधिवेशन सुरु हुँदै छ । अधिवशेनको पहिलो दिन शुक्रवार राजधानीको खुल्ला मञ्चमा उद्घाटन कार्यक्रम हुने छ । त्यसअघि विहान भक्तपुरदेखि खुलामञ्चसम्म विशाल र्‍याली प्रर्दशन गरिनेछ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसहितको नेतृत्वमा सुरु हुने र्‍यालीमा भक्तपुरको चर्चित साँस्कृत नृत्यहरूमध्ये लाखे […]

२०७० चैत्र २१ गते, शुक्रबार

अनेरास्ववियु क्रान्तिकारीको १९ औं सम्मेलन सुरुहुदै

काठमाडौ, २१ चैत। अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन शुक्रबार सुरु हुँदैछ ।शैक्षिक माफियाकरणको अन्त्य सार्वजनिक शिक्षाको रुपान्तरण, राष्ट्रिय स्वाधीनता र जनसंविधानको पक्षमा १९ औं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ शुरुहुने सम्मेलनको दिउँसो एक बजे एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको गान्धी भवनमा […]

२०७० चैत्र २१ गते, शुक्रबार

पार्टी एकताको संभावना छैन : गौरब

काठमाडौ, २० चैत ।नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता नहुने बताएका छन् ।नेकपा–माओवादी म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै गौरबले एकीकृत माओवादीसँग कार्यगत एकता भएपनि पार्टी एकता भने नहुने स्पष्ट पारे । उपाध्यक्ष गौरबलेएमाओवादी आफ्नो पार्टीसँग आड लागेर अस्तित्वमा रहेको बताउँदै भने ‘तत्काल पार्टी एकता हुनेवाला छैन’ […]

२०७० चैत्र २० गते, बिहीबार

नेमकिपाको महाधिवेशन चैत २१ देखि

काठमाडौँ,१९ चैत्र ।नेपाल मजदुर किसान पार्टीले आफ्नो पार्टीको तत्कालीन उद्देश्य जनताको प्रजातन्त्र भएपनि समाजवाद हुँदै साम्यवादमा पुग्ने दीर्घकालीन उद्देश्य भएको जनाएको छ । सो पार्टीको छैटौं महाधिवेशनको पूर्व सन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेमकिपाको महाधिवेशन चैत २१ देखि २३ गतेसम्म काठमाडौँमा हुने जानकारी दिइयो । संविधानसभाबाट समाजवाद उन्मुख नयाँ संविधान निर्माण गर्न पार्टी निरन्तर लागि […]

२०७० चैत्र १९ गते, बुधबार

कम्युनिष्ट पार्टी असफल भए: बादल

काठमाडौं । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले नेपालका सबै कम्युनिष्टहरु पार्टीहरुको कार्यनीति असफल भएको स्वीकार गरेका छन् ।कम्युनिष्टहरु पार्टीहरुको दुई तिहाई बहुमत हुँदा पनि पश्चगामीको हातमा नेतृत्व गएको भन्दै कम्युनिष्टहरुको कार्यनीति असफलता भएको उनको भनाइ छ । काठमाडौंमा संवाद डबलीमा आयोजित साक्षात्कार कार्यक्रममा महासचिव बादलले माओवादीमा आएको फुटको कारणले पनि कम्युनिष्ट असफल भएको बताएका हुन् […]

२०७० चैत्र १९ गते, बुधबार

पत्रकार महासंघको अधिवेशन आगामी वैशाख २० र २१ गते

काठमाडौं ,१८ चैत । नेपाल पत्रकार महासंघको २४ औँ अधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ अर्थात आगामी वैशाख २० र २१ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । सिन्धुपाल्चोकको गाती गाविसस्थित भोटेकोसी नदी किनारमा अवस्थित बोर्डल्यान्ड रिसोर्टमा दुई दिनसम्म बसेको महासंघ केन्द्रीय समितिको बैठकले अधिवेशनको मिति तय गरेको छ । बैठकमा अधिकांश केन्द्रीय पदाधिकारी […]

२०७० चैत्र १८ गते, मंगलवार

द्वन्द्वकालिन घट्नालाई लिएर गिरफ्तारी गर्नु औचित्यहिन :भट्टराई

काठमाडौ ,१७ चैत्र – एमाओवादी नेता बाबुराम भट्टराईले द्वन्द्वकालिन घट्नालाई लिएर छुट्टाछुट्टै रुपमा गिरफ्तारी गर्नु औचित्यहिन भएको बताएका छन् ।गोरखा फुजेल घटना पीडित परिवार संघर्ष समितिले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले द्वन्द्वकालका घट्ना सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो नलगाउने भए आफूविरुद्ध मुद्दा चलाउन चेतावनी दिए । फुजेलका कृष्ण अधिकारीको हत्या अभियोगमा पक्राउ परेका […]

२०७० चैत्र १७ गते, सोमबार

प्रधान न्यायधीशमा शर्मा सिफारिस

काठमाडौ, १७ चैत ।संबैधानिक अंगका प्रमुखको नियुक्तिबारे छलफल गर्न आज विहान बसेको संवैधानिक परिषदको बैठकले कायम मुकायम प्रधान न्यायधीश दामोदरप्रसाद शर्मालाई प्रधान न्यायधीशका लागि सिफारिस गरेको छ । परिषद्ले सिफारिस गरेर संसदीय सुुनुवाई भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ । प्रधानन्यायधीश खिलराज रेग्मी गत वर्षको चैतमा मन्त्रीपरिषदको अध्यक्ष भएपछि यो पद खाली […]

२०७० चैत्र १७ गते, सोमबार

माओवादीको झापा जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । नेकपा–माओवादीका सचिव देव गुरुङले गोलमेच सम्मेलन गरेमा सहमति र सहकार्य गरेर अगाडि जान सकिने बताएका छन् ।नेकपा–माओवादी झापा समितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सचिव गुरुङले सो कुरा बताएका हुन् ।सचिव गुरुङले पिछडिएका वर्ग, जाति, भाषा, सम्प्रदायको हकहीतका लागि वर्तमान संसदीय व्यवस्थाले बनाउने संविधानमा कुनै कुरा नआउने बताएका छन् । उनले अन्तरिम संविधान […]

२०७० चैत्र १६ गते, आईतवार

आज पत्रकार महासंघको ५९ औं स्थापना दिवस

काठमाडौं , १६ चैत्र । नेपाल पत्रकार महासंघले आज आफ्नो ५९ औं स्थापना दिवस मनाएको छ । प्रत्येक वर्ष चैत्र १६ गते महासंघले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । उक्त अवसरमा महासंघ केन्द्रीय कार्यालय तथा देशभरका शाखाहरुले विविध कार्यक्रमको आयोजना गरेको छ । केन्द्रको आयोजनामा राजधानी काठमाडौंमा बिहान प्रभातफेरी गरिएको छ । बबरमहलबाट सुरु […]

२०७० चैत्र १६ गते, आईतवार