समाज

आगामी तीन दिन देशभरको मौसम प्रतिकूल हुने सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसम प्रतिकूल हुने जनाएको छ। सोमबार मौसम सामान्यतया सफा रहे पनि मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्नेछ। देशका हिमाली भू-भागमा आंशिक बादल लागे पनि बाँकी भू-भागमा […]

२०८२ माघ १३ गते, सोमबार

ट्राफिकको सरप्राइज चेकिङ : १०३ चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाही गरेको छ । सोमबार बिहान उपत्यकाका विभिन्न ठाउँहरुमा गरिएको सरप्राइज चेकिङमा १०३ चालक कारबाहीमा परेका हुन् । सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स, स्कुल बस लक्षित ट्राफिकले सरप्राइज चेकिङ गरेको थियो । सो क्रममा १३ चालकले मदिरा सेवन गरेर […]

२०८२ माघ १३ गते, सोमबार

काठमाडौँ उपत्यकाको वायु मानव स्वास्थ्यका लागि अस्वस्थकर

काठमाडौँ । विश्वभरको वायु प्रदूषणको अवस्था ‘रियल टाइम’मा मापन गर्ने आईक्यू एयरका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह मानव स्वास्थ्यका लागि अस्वस्थकर देखाएको हो । काठमाडौं उपत्यका अन्तरगत भक्तपुरको वायुको गुणस्तर सुचकांक १८५ एक्युआइ रहेको छ। आज बिहान काठमाडौंको कीर्तिपुरको १५४ र ललितपुरको पाटनको १५० एक्युआइ मापन भएको छ। यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । […]

२०८२ माघ १३ गते, सोमबार

मौसम पूर्वानुमान : केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै […]

२०८२ माघ १२ गते, आईतवार

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, चिसोले जनजीवन प्रभावित

काठमाडौँ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको हो । यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् । दिउँसो घाम लागे पनि हुस्सु पूरै नहट्ने सम्भावना छ, जसले चिसो […]

२०८२ माघ ११ गते, शनिबार

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातसहित वर्षा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिमपातसहित हिउँदे वर्षा भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो […]

२०८२ माघ ११ गते, शनिबार

६ महिनामा पाँच लाख ९० हजार बढी युवा बिदेशिए !

काठमाडौँ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ५ लाख ९० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । विभागको तथ्यांक अनुसार ५ लाख १४ हजार ३ सय ५० पुरूष र ७६ […]

२०८२ माघ ११ गते, शनिबार

आज केही स्थानमा मेघगर्जन चट्याङसहितको वर्षा-हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको हो। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक रुपमा बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो ।त्यस्तै, शुक्रबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम […]

२०८२ माघ १० गते, शुक्रबार

आज श्रीपञ्चमी

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्व । आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, […]

२०८२ माघ १० गते, शुक्रबार

भोलि केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।आज दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। […]

२०८२ माघ ९ गते, बिहीबार