समाज

ट्र्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु , ९ जना घाइते

काठमाडौँ । रुकुमपश्चिमको आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन।दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए […]

२०८० पुष ५ गते, बिहीबार

काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस

काठमाडौँ । काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।मौसमविद् सञ्जिव अधिकारीले भने – “यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न […]

२०८० पुष ५ गते, बिहीबार

मेलम्चीको पानी २८ दिनभित्र काठमाडौं आउने !

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको जानकारी दिए। उनले आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने बताए।प्रवक्ता पन्तले भने -“सहमति अनुसार […]

२०८० पुष ४ गते, बुधबार

चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन्। उनीहरुलाई प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको हो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी […]

२०८० पुष ४ गते, बुधबार

चीनबाट प्याज आयात सुरु

काठमाडौँ । भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो । भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ । चीनको केरुङबाट […]

२०८० पुष ३ गते, मंगलवार

मेलम्चीका पानी छिटो ल्याउन माग गर्दै प्रदर्शन

काठमाडौँ । काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । संघर्ष समितिले सोमबार कोटेश्वर चोकदेखि तीनकुने हुँदै मीनभवनसम्म दबाबमूलक र्यालीसँगै प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए ।बाढी–पहिरोले परियोजनामा असर गर्न सक्ने […]

२०८० पुष ३ गते, मंगलवार

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइदै

काठमाडौँ । आज १८ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसंघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । राष्ट्रसंघले सोही दिनलाई स्मरण गर्दै सन् २००० देखि प्रत्येक वर्ष १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा […]

२०८० पुष २ गते, सोमबार

३० वर्षमा ७२ लाख १४ हजारभन्दा बढी युवाले लिए श्रम स्वीकृति

काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब चार लाख महिला रहेका छन् । हरेक वर्ष औसतमा पाँच लाखको हाराहारीमा विदेशिने नेपाली युवा स्वदेश फर्किएको तथ्यांक भने सरकारले राखेको छैन । पछिल्ला दुई […]

२०८० पुष २ गते, सोमबार

नारायणगढ मुग्लिन दैनिक ४ घण्टा बन्द हुने

काठमाडौँ । । नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो । सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ […]

२०८० पुष १ गते, आईतवार

बसाइँसराइले गाउँ रित्तिदै : बाँदर आतंक बढ्यो !

काठमाडौँ । बसाइँसराइका कारण रित्तिएका गाउँ। खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन्। वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन्। युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन्। एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन्। विद्यालयमा विद्यार्थी घटिरहेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका […]

२०८० पुष १ गते, आईतवार