समाज

सुकुम्बासीलाई बैकल्पिक व्यवस्था नगरी नहटाउन चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नुवाकोटले सुकुम्बासी र भुकम्प पिडितलाई बैकल्पिक व्यवस्था नगरी नहटाउन चेतावनी दिएको छ। नेकपा नुवाकोटका सेक्रेटरी वसन्त सीले एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।सेक्रेटरी वसन्त सीद्वारा जारी बिज्ञप्तिमा जनताको गाँस, बास र कपासको व्यवस्था गर्नु राज्यका अनिवार्य दायित्व भएको उल्लेख गर्दै सुकुम्बासी र भुकम्प पिडितको बस्तीको बैकतियक व्यवस्था नगरी […]

२०८० बैशाख ३१ गते, आईतवार

युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश

काठमाडौँ । युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश सी निर्वाचित भएका छन् ।शनिवार तुलसीपुरको भुह्यारथाँनमा भएको संगठनको छैठौं जिल्ला सम्मेलनले आकाश सीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । जसको सचिवमा तुल बहादुर सी, कोषाध्यक्षमा दामोदर सी र सदस्यहरुमा निरोज सी, मनोज सी , सन्तु सी , शुरेश सी , धर्मराज सी […]

२०८० बैशाख ३१ गते, आईतवार

‘संसदीय व्यवस्थामा युवाहरुको भविष्य छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका इन्चार्ज प्रदिप सीले संसदीय व्यवस्थामा युवाहरुको भविष्य नभएको स्पष्ट पारेका छन् ।शनिबार तुलसीपुरमा आयोजित युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलनमा निर्देशनात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता प्रदिपले उक्त धारणा व्यक्त गरेका हुन् । उनले भने,- ‘संसदीय व्यवस्थाले युवाहरुको भविष्य डामाडोल बनाएको छ । […]

२०८० बैशाख ३१ गते, आईतवार

‘धर्मेन्द्र -सुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भयो’

काठमाडौँ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले धर्मेन्द्र -सुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भएको ठोकुवा गरेका छन्। शनिवार तुलसीपुरमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता पाटनले यस्तो बताएका हुन् । नेता पाटनले भने,- ‘साम्राज्यवादले हाम्रो पार्टीलाई राजनीतिक , वैचारिक , आर्थिक र अन्तिममा भौतिक हिसाबले […]

२०८० बैशाख ३१ गते, आईतवार

जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द !

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने जनाएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने बताइएको छ । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले […]

२०८० बैशाख ३० गते, शनिबार

विज्ञापनजन्य सामग्री बाड्ने ६१ जनालाई कारबाही !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएकाे जनाएको छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पटक-पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाड्दै नहिंड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको बताए । उनले महानगर क्षेत्रभित्र पर्चा र पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाड्न-नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही […]

२०८० बैशाख २९ गते, शुक्रबार

अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १० घर भई हाल काठमाडौं महानगर- १५ बस्‍दै आएका ५६ वर्षीय ओम शाक्‍य रहेका छन् । उनलाई प्रहरीले कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका शाक्‍यलाई थप अनुसन्धान तथा […]

२०८० बैशाख २९ गते, शुक्रबार

कृषिविज्ञ मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौँ । कृषि विज्ञ मदन राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए। राईलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ। राईले फाउन्डेनमा पढाउन भनेर […]

२०८० बैशाख २९ गते, शुक्रबार

राठी इन्डष्ट्रिजमा आगलागी

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको छ । बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उक्त उद्योगमा शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको […]

२०८० बैशाख २९ गते, शुक्रबार

जन्ती बस दुर्घटना: ३० जना घाइते

काठमाडौँ । सिन्धुपाल्चोकस्थित चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा […]

२०८० बैशाख २९ गते, शुक्रबार