समाज

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हुँदै आएको उक्त सडक खण्ड पहिरो सफा गर्दै खुलाउने क्रम जारी रहे पनि अत्यावस्यक सवारी साधनहरुले बैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको हो । नारायणगढ मुग्लिन सडकखण्डको सेति दोवान १४ किलो […]

२०७८ असार २१ गते, सोमबार

भारी वर्षाका कारण मकवानपुरका विभिन्न क्षेत्रमा जोखिम उत्पन्न

काठमाडौँ । लगातार बर्षाको कारण मकवानपुरका केहि स्थान डुबानमा पर्नुका साथै केही सडक खण्डहरू पहिरोका कारण अवरुद्ध भएका छन्। हेटौंडा उपमहानगरपालिका-५ गर्दोई,शान्तिनगर क्षेत्र डुबानमा परेको छ यहाँका केहि घरमा पानी पसेको छ भने सडकमा आवतजावत गर्न कठिनाई भएको छ। सानोपोखारा बुद्धमार्गका केहि घरभित्रै पानी पसेको छ। पिप्ले, सानोपोखाराका केहि भाग, सिचाईटोल लगायतका क्षेत्र जलमग्न बनेका […]

२०७८ असार २० गते, आईतवार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) धनुषाको भेला सम्पन्न

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारी धनुषाको भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य कमरेड देवनारायणले संसारको संरक्षक महिला भएर पनि दासी बन्नु पर्ने र दोस्रो दर्जाको नागरिक बनाईनुपर्ने विडम्वना भएको बताए । साथै उनले महिलाहरु बोक्सीको आरोपमा जिउँदै जलाईने जस्ता गम्भिर खालका उत्पीडनमा पर्नुको कारण बर्तमान सामन्तवादको […]

२०७८ असार १९ गते, शनिबार

दुई वर्षमुनिका बच्चा छाडेर विदेश जान नपाइने !

काठमाडौँ । चितवनस्थित रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको बजेट […]

२०७८ असार १९ गते, शनिबार

तिब्बती शरणार्थीहरुको परिचयपत्र नविकरण !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बागलुङले ढोरपाटनमा बसोबास गर्दे आएका तिब्बती शरणार्थीको परिचय पत्र नविकरण गरेको छ ।जिल्ला प्रशासन कार्यालयको टोली ढोरपाटन पुगेर शिविरमा रहेका शरणार्थीको परिचय पत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । हरेक वर्षको असार मसान्त भित्र नविकरण गर्नु पर्ने नीति अनुसार उनीहरुको परिचय पत्र नविकरण गरेको […]

२०७८ असार १८ गते, शुक्रबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लगातारको वर्षााले मुग्लिन-नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।यसअघि वर्षाका कारण १४ किलोमा पहिरो खस्दा बाटो एकतर्फी मात्रै सञ्चालनमा आउन सकेको थियो । हिजो साँझ ठूलो ढुंगासहित […]

२०७८ असार १८ गते, शुक्रबार

नेकपा धनुषाद्वारा सरसफाई अभियान संचालन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धनुषाले सरफाई अभियान संचालन गरेको छ । सो पार्टीले धनुषाको गणेशमान चारनाथ नगरपालिकाका वडा नम्वर १ र ३ मा सरफाई अभियान संचालन गरेको हो । करिब एक सय जनाको सहभागीता रहेको उक्त सरसफाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा धनुषा-महोत्तरी इन्चार्ज देवनारायण शाहको उपस्थिति थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहले […]

२०७८ असार १८ गते, शुक्रबार

‘जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न माग गरेको छ। सो पार्टीका उदयपुर जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी लक्ष्मण पौडेलले विज्ञप्ति जारी गरी बेलका नगरपालिकाका सात सय घरधुरी जनतालाई उठिबास गराई कबुलियत वन बनाउने सरकारले गरेको निर्यण तत्काल खारेज गर्न माग गरेका छन । उनीहरुले वर्षौंदेखि बसोबास गर्दै आएको […]

२०७८ असार १७ गते, बिहीबार

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले विभिन्न ठाउँमा पुलहरु बगाउन, भत्काउन थालेपछि राजमार्ग अवरुद्ध भएको छ । बाढीले चितवनमा ठूलो क्षति पुर्‍याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ। पूर्वी चितवनको खैरहनी […]

२०७८ असार १७ गते, बिहीबार

‘मलको कालोबजारी गर्ने कम्पनी र व्यक्तिहरूको लाइसेन्स खारेज गर’

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले मलको कालोबजारी गर्ने कम्पनी र व्यक्तिहरूको लाइसेन्स खारेज गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष हरि श्रेष्ठले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल सरकारले मान्यता दिएको कृषि सामाग्री कम्पनी लिमिटेडले वितरण गर्ने मल स्थानीय तहलाई वितरणको जिम्मा दिँदा मलमा गाउँपालिका, नगरपालिका र वितरण […]

२०७८ असार १६ गते, बुधबार