काठमाडौं उपत्यकाका जि.प्र.का.मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएका छन् ।आजदेखि काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो । गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको थियो । […]
२०७७ श्रावण २५ गते, आईतवार