समाज

दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै

काठमाडौं, २५ असोज । नेपालीहरुको महान पर्व वडादसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । अहिलेसम्म दुई लाख बढी सर्वसाधारणले उपत्यका छाडिसकेको प्रहरीले जनाएको छ । आजदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता […]

२०७५ आश्विन २५ गते, बिहीबार

आज घटस्थापना

काठमाडौं, २४ असोज । आज दशैको पहिलो दिन , घटस्थापना । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ । आज स्थापना […]

२०७५ आश्विन २४ गते, बुधबार

आज विश्व हुलाक दिवस

काठमाडौं, २३ असोज । आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाक स्थापना भएको दिनको सम्झनामा हुलाक दिवस मनाइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भनेसन् १९५६ […]

२०७५ आश्विन २३ गते, मंगलवार

अनुसन्धानमा लापरबाही गर्ने प्रहरी निलम्बित

काठमाडौं, २२ असोज । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको छ । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा […]

२०७५ आश्विन २२ गते, सोमबार

जुवा खालमा प्रहरी छापा, दुई जनाको मृत्यु

काठमाडौं , २० असोज । काठमाडौंको मूलपानीमा जुवा खेल भइरहेको स्थानमा प्रहरीले छापा मार्दा भएको भाडदौडमा दुई जनाको मृत्यु भएको छ । जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तेन्दु शेर्पाको घरमा छापा मारेपछि भएको भाडदौडका क्रममा झ्यालबाट हाम फालेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् […]

२०७५ आश्विन २० गते, शनिबार

डिभीको आवेदन खुल्दै

काठमाडौं, १७ असोज । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ । डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन […]

२०७५ आश्विन १७ गते, बुधबार

जितिया पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं , १६ असोज । आज असोज कृष्णपक्षको अष्ठमी । थारु समुदायको मुख्य पर्व जितियाको मुख्य दिन । तराई मधेशमा धुमधामका साथ यो पर्व मनाइँदैछ । विवाहित हिन्दू नारीले आफ्ना पति तथा सन्तानको दिर्घायूको कामना गरी यो पर्व मनाउने प्रचलन रहिआएको छ । जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइन्छ । सप्तमीका […]

२०७५ आश्विन १६ गते, मंगलवार

स्थानीयबासी र प्रहरीबिच झडप

काठमाडौं, १५ असोज । काभ्रेको साँगादेखि धुलिखेलसम्म पहिचान भएका १ सय ५६ घर टहरा भत्काउन सुरु गरिएपछि स्थानीयबासी र प्रहरीबिच झडप भएको छ । आफूहरु लामो समयदेखि व्यवसाय गर्दै आएकाले दशै तिहारपछि मात्रै भत्काउन स्थानीयले आग्रह गर्दा प्रशासनले जबरजस्ती गर्न खोजेको भन्दै स्थानीय केही समय प्रतिकारमा समेत उत्रिएका थिए । पहिलो चरणमा काभ्रे र भक्तपुरको […]

२०७५ आश्विन १५ गते, सोमबार

क्रान्तिकारी पत्रकार संगठनका पदाधिकारीद्वारा न्यूनतम पारिश्रमिक निर्धारण नेतृत्व र अधिकारकर्मीसँग भेटघाट

काठमाडौं, १४ असोज । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय पदाधिकारीसहितको टोलीले पोखरामा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, नेपाल पत्रकार महासंघका नेतृत्व तथा अधिकारकर्मीलगायत अग्रज पत्रकारहरुसँग आइतबार भेट गरेको छ । संगठनका केन्दीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरी, केन्द्रीय सदस्य ओम हमाल, टिका केसी, शिव डुम्रे, रमाकान्त बास्तोलासहितको टालीले […]

२०७५ आश्विन १४ गते, आईतवार

गुप्ता र एमसि क्रान्तिकारी पत्रकार सगँठनवाट निष्कासित

काठमाडौं, ११ असोज । क्रान्तिकारी पत्रकार सगँठन नेपालवाट सन्तोष गुप्ता र बिदुर एमसि निस्काशित भएका छन । क्रान्तिकारी पत्रकार सगँठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ जिल्लाका अध्यक्ष जानकि चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको पुस्टि गरेकी हुन् । यस बिषयमा क्रान्तिकारी पत्रकार सगँठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ जिल्लाका अध्यक्ष जानकि चौधरीले जारी […]

२०७५ आश्विन ११ गते, बिहीबार