समाज

दशैं र तिहारका लागि नयाँ नोट असोज २१ गतेदेखि

काठमाडौं, ११ असोज । राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्मका दरले नयाँ नोट साटने सुविधा दिने तयारी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले भने, ‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ […]

२०७५ आश्विन ११ गते, बिहीबार

‘ सरकारले मानवधिकार र प्रेस स्वतन्त्रलाई कुल्चने काम गर्यो ‘

काठमाडौं , १० असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजना बाँकेको नेपालगञ्जमा बृहत् कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रममा संचार, कानून व्यवसायी, अधिकारकर्मी, व्यवसायी, नागरिक समाज, महिला, उद्योगी, उत्पीडित क्षेत्रका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार […]

२०७५ आश्विन १० गते, बुधबार

सोह्र श्राद्व सुरु

काठमाडौं , ९ असोज । आज आश्विन कृष्ण प्रतिपदा, पितृपक्ष । आजबाट सोह श्राद्ध सुरु भएको छ । प्रतिपदामा सुरु हुने भएपनि यो वर्ष भने भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको हो । सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि […]

२०७५ आश्विन ९ गते, मंगलवार

यातायात मजदुरको आन्दोलन जारी

काठमाडौं, ५ असोज । सार्वजनिक यातायात मजदुरहरुले आह्वान गरेको यातायात बन्दका कारण आज चौथो दिन पनि देशका विभिन्न जिल्लाहरुमा यातायात सञ्चालन हुन सकेका छैनन् । मुलुककी फौजदारी संहिता २०७४ का केही बुँदाहरुमा आपत्ति जनाउँदै मजदुरले गाडी नचलाउँदा राजधानी काठमाडौं लगायत देशभरी नै यातायातको समस्या भइरहेको छ । टयाङ्कर चालकहरुले गाडी नचलाउँदा देशैभर पेट्रोलियम पर्दाथको अभाव […]

२०७५ आश्विन ५ गते, शुक्रबार

आज विश्वकर्मा पूजा

काठमाडौं, १ असोज । यन्त्र र औजारको पूजा अर्चना गरेर आज विश्वकर्मा पूजा मनाइँदैछ । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गर्ने गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिने गरिन्छ । विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना […]

२०७५ आश्विन १ गते, सोमबार

आज ऋषिपञ्चमी

काठमाडौं , २९ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै […]

२०७५ भाद्र २९ गते, शुक्रबार

निर्मलाका हत्यारा पत्ता लगाई कडा कारवाही गर्न माग

काठमाडौ, २८ भदौ । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुले निर्दोष छोरीको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गरेका छन् । आज काठमाडौंमा आयोजित एक साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गरेका हुन् । निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले […]

२०७५ भाद्र २८ गते, बिहीबार

बस दुर्घटना , २४ घाइते, ६ को अवस्था गम्भीर

काठमाडौं, २८ भदौ । दार्चुलाबाट महेन्द्रनगरका आउँदै गरेको ना ५ ख ९११४ नम्बरको बस विहिवार विहान ३ बजेतिर डोटीको जोरायल गाउपालिका, २ को अठासी मोड भन्ने स्थानमा दुर्घटना हुदा २४ जना घाईते भएका छन । तिमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सल्लाको रुखमा अडकिएको अवस्थामा फेला परेको र यात्रुहरुलाई भिरबाट […]

२०७५ भाद्र २८ गते, बिहीबार

बाघको छालासहित तीन जना पक्राउ

काठमाडौं, २७ भदौ । काठमाडौं ठमेलबाट बाघको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन । उनीहरुलाई महानगरी प्रहरी वृत, दरबारमार्गले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा वृतको टोलीले बाघको छालासहित टोखा बस्ने २० वर्षीय सागर श्रेष्ठ, गौरीघाट बस्ने ३१ वर्षीय रमेश बोहरा र मनमैजु बस्ने २७ वर्षीय लिला बहादुर श्रेष्ठ रहेका छन् । […]

२०७५ भाद्र २७ गते, बुधबार

आज तीज , शिवालयहरुमा घुइँचो

काठमाडौं,२७ भदौ । आज तीज , हिन्दू नारीहरु सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएर भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी मनाउदै छन । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गरिरहेका छन् । भगवानको आराधनासहित तीजका दिन महिलाहरुले […]

२०७५ भाद्र २७ गते, बुधबार