समाज

बोक्सी आरोपमा आमाबाटै निर्घात कुटपिट

काठमाडौँ , ३० फागुन । ‘बोक्सी बकाउने’ भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीय जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । जानुका स्थानीय हिमालय माविमा कक्षा ८ की विद्यार्थी हुन् । कक्षामा […]

२०७४ फाल्गुन ३० गते, बुधबार

पाँच किलो चरेससहित दुईजना पक्राउ

काठमाडौं, २९ फागुन । महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेससहित पक्राउ गरेको हो । भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौं भित्रिएको लागुपदार्थ होटल तथा रेस्टुरेन्टमा बेचबिखन हुने […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था नाजुक

काठमाडौं, २९ फागुन । कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार साँझ ८ः१० बजेतिर अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । प्रत्यक्षदर्शी छिमेकी रामबहादुर महराका अनुसार दुई मोटरसाइकलमा अाएका चार जनाले गोली र खुकुरी सँगै प्रहार गरेका थिए । चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

७८ जना सवार विमान दुर्घटनामा

काठमाडौं, २८ फागुन । युएस बंगलाको विमान दुर्घटनामा परेको छ । बंगलादेशको ढाकाबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना परेको हो । विमानमा ७८ जना सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको बताइएको छ । विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना […]

२०७४ फाल्गुन २८ गते, सोमबार

‘आमासँग प्रहरी’ कार्यक्रम सुरु

काठमाडौं, २८ फागुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक विकृति, विसंगति र अपराध न्यूनीकरण गरी सुरक्षित समाज निर्माणका लागि भन्दै म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरेको छ । १ सय ८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरेको हो । सिविन नेपाल म्याग्दी र संगम म्याग्दीको समन्वयमा म्याग्दीको […]

२०७४ फाल्गुन २८ गते, सोमबार

प्रहरीको ‘स्विप अपरेशन, तीन दर्जन पक्राउ

काठमाडौं, २७ फागुन । महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो । […]

२०७४ फाल्गुन २७ गते, आईतवार

प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ

काठमाडौं, २६ फागुन । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ […]

२०७४ फाल्गुन २६ गते, शनिबार

पराजुलीद्वारा प्रमाणपत्र देखाउन अस्विकार

काठमाडौं, २६ फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नागरिक अभियन्ता डा. गोविन्द केसी र उनको समूहलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन अस्वीकार गरेका छन् । डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल र अभियानका सहयोगी प्रितम सुवेदीले पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको तथ्यमा गम्भीर शंका उत्पन्न भएको भन्दै निवारणका लागि सक्कल प्रमाण पेस गर्न उनको निजी सचिवालयमा निवेदन दिएका […]

२०७४ फाल्गुन २६ गते, शनिबार

महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी

काठमाडौँ , २५ फागुन । रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी नातिनी काखमा च्यापेर न्यायको ढोका ढक्ढकाउन प्रहरी कार्यालय, रोल्पामा आइपुगेकी […]

२०७४ फाल्गुन २५ गते, शुक्रबार

महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै

काठमाडौँ , २५ फागुन । महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख […]

२०७४ फाल्गुन २५ गते, शुक्रबार