समाज

उपत्यकामा फोहोरको डङ्गुर

काठमाडौं, ५ साउन । काठमाडौँ उपत्यकामा अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । एक महिनादेखि उठाउन रोकिएको उपत्यकाको फोहर अझै उठ्न सकेको छैन । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनाैं स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ । काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ । काठमाडौँ […]

२०७५ श्रावण ५ गते, शनिबार

दृष्टि फाउण्डेशन, मानसिक समस्या भएका बेसहारालाई सहारा दिँदै

काठमाडौं, ४ साउन । धनगढी उपमहानगरपालिका वडा नं.१ मा रहेको एउटा घरमा ९ जना मानसिक समस्या भएका महिलाहरुको सुरक्षाका लागि नियमित ताला लाग्ने गरेको छ । ‘ताला लगाइएन भने उनीहरु भाग्न खोज्छन्’ ती महिलाहरुको स्याहारमा संलग्न भोलेन्टियर ललिता चौधरीले भनिन् – ‘सुरक्षाको लागि सधैभरी गेटमा ताला लगाई राख्नु पर्दछ ।’ मानवीय भावना भएका केहि व्यक्तिहरुको […]

२०७५ श्रावण ४ गते, शुक्रबार

पत्रकार खनालको निधन

काठमाडौँ, ४ साउन । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति खनालको निधन भएको उहाँका भतिजा भानुभक्त खनालले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा […]

२०७५ श्रावण ४ गते, शुक्रबार

आफैँले चलाएको गोली लागेर घाइते !

काठमाडौँ, ४ साउन । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैंले गोली चलाई घाइते भएका थिए । आफैंले हानेको गोलीले उनको […]

२०७५ श्रावण ४ गते, शुक्रबार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ, ३ साउन । मुग्लिन–नारायणगढ सडक पुन अवरुद्ध भएको छ । चितवन प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेपछि सडक पुन अवरुद्ध भएको हो । पहिरो ठूलो भएको कारण पन्छाउन दिनभर लाग्न सक्ने प्रहरीको अनुमान छ । अहिले पानी रोकिएपनि फेरि आउन सक्ने बताइएको छ । फेरि पानी परेमा पहिरो पन्छाउन गारो हुने प्रहरीको भनाई […]

२०७५ श्रावण ३ गते, बिहीबार

असारे बजेटको आतंक

काठमाडौँ, २ साउन । बिकास मन्त्रालयको बजेटले आतंक मच्याएको छ । ललितपुर महानगरपालिका भैंसेपाटी शैंबुमा गत आषाढ २२ र २५ गते ढल बिछाउने काममा यस्तो भएको हो। टोल समितिलाई कुनै जानकारी बिना ठेकेदारले एकाएक डोजर ल्याएर ढलहाल्न लाग्दा घरको कम्पाउण्ड वालको जग पुरै फाटेको छ । घरको कम्पाउण्डको भूइँ समेत फटेर अलग भएको अवस्था छ […]

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौंमा फोहोरको डङ्गुर, शहर दुर्गन्धमय

काठमाडौँ, २ साउन । काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खसाउन नसक्दा शहर दुर्गन्धमय बनेको छ । फोहोरको रासमा माटो छापेर बनाइएको सडक भासिएपछि सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाई बनेको छ । हिजो डोजरको सहायताले फोहोर फ्याँकिए पनि समस्या उस्तै रहेको काठमाडौं महानगरपालिकाका कर्मचारीहरु बताउँछन् । पानी पर्न थालेपछि सिसडोलमा फोहोर बोकेर गएका कन्टेनर पुग्न सकेका छैनन् […]

२०७५ श्रावण २ गते, बुधबार

आज साउने संक्रान्ति

काठमाडौं, १ साउन । आज देशभर साउने संक्रान्ति , सौर्यमानअनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मुठी खाइ मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । असारे हिलोका […]

२०७५ श्रावण १ गते, मंगलवार

संसद भवनअगाडि प्रदर्शन, दुई दर्जन अधिकारकर्मी गिरफ्तार

काठमाडौं, ३२ असार । प्रहरीले संसद भवन नयाँबानेश्वर अगाडि प्रदर्शन गर्ने दुई दर्जन अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । सो क्रममा कृष्ण पहाडीसहित दुई दर्जनभन्दा बढी अधिकारकर्मीहरुलाई गिरफ्तार भएका छन । सरकारले स्वतन्त्रताविरोधी गतिविधि गरिरहेको भन्दै मानवअधिकार तथा शान्ति समाजले सोमबार नयाँबानेश्वरमा गरेको प्रदर्शनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति […]

२०७५ असार ३२ गते, सोमबार

सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु हुदै

काठमाडौं, ३२ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको छ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको हो । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड […]

२०७५ असार ३२ गते, सोमबार