समाज

सप्तरीमा ५० प्रतिशत जग्गा बाँझै

काठमाडौं, १५ साउन । साउनको दोस्रो सातासम्ममा सप्तरीमा ५० प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा र दुई सता अगाडि वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीका कारण खेतीयोग्य जमीन डुबानमा परेकाले पनि जिल्लामा ५० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जानाएको छ […]

२०७५ श्रावण १५ गते, मंगलवार

भारतीय ट्रकको ठक्करबाट मजदुरको मृत्यु

काठमाडौं, १५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नम्बरको भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु […]

२०७५ श्रावण १५ गते, मंगलवार

सडक विस्तार पीडित संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले सरकारले जनताको निजी सम्पत्तिमाथि हस्तक्षेप गरी सडक विस्तार गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनताको निजी सम्पत्तिमाथि सरकारको हस्तक्षेप नरोकिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको हो । सर्वोच्च अदालतले गरेको फैसलाको सरकारले पालना नगरेको […]

२०७५ श्रावण १४ गते, सोमबार

चट्याङ लागेर बालिकाको मृत्यु

काठमाडौं , १४ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए । तिलोत्तमा नगरपालिका–१७ […]

२०७५ श्रावण १४ गते, सोमबार

घुस्याहा सब-इन्जिनियर रंगेहात पक्राउ

काठमाडौं ,१२ साउन । गुल्मीको तम्घासमा सेवाग्राहीसंग एक लाख रुपियाँ घुस लिदै गरेको अवस्थामा तम्घास –सिमलटार– प्यूठान सडकखण्डका सब–इन्जिनियर प्रकाश झा रंगेहात पक्राउ परेका छन् । तम्घास –सिमलटार– प्यूठान सडकखण्ड निर्माणमा सेवाग्राहीसंग सडक निर्माणको रनिङ बिल पास गरेपाबत एक लाख घुस लिदै गर्दा अख्तियार दुरपायोग आयोगका टोलीले झाँलाई पक्राउ गरिएको छ । सव–इन्जिनियर झाँले घुस […]

२०७५ श्रावण १२ गते, शनिबार

आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौं ,११ साउन । आज आषाढ शुक्ल पूर्णिमामा , आज राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा […]

२०७५ श्रावण ११ गते, शुक्रबार

दशैंमा ‘मेलम्ची पानी पाउन ‘ असम्भव’

काठमाडौं, १० साउन । आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा सो सम्भावना बढेर गएको हो । गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान-सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी […]

२०७५ श्रावण १० गते, बिहीबार

महाकाली राजमार्ग अवरुद्ध

काठमाण्डौ, ९ साउन । गएराति परेको पानीका कारण पहिरो खस्दा महाकाली राजमार्गको सतबाँझ– गोकुलेश्वर सडकखण्ड सडक अवरुद्ध भएको छ । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएराति देखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भईरहे पनि लगातार […]

२०७५ श्रावण ९ गते, बुधबार

सगरमाथा लोकमार्ग अबरुद्ध

काठमाडौं, ८ साउन । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन […]

२०७५ श्रावण ८ गते, मंगलवार

आज हरिशयनी एकादशी

काठमाडौं, ७ साउन । आज हरिशयनी एकादशी, भगवान विष्णुका भक्तजनहरु विभिन्न नारायण मन्दिरहरुमा पूजा आराधनाका लागि पुगेका छन् । आज मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा घर घरमा रोप्ने प्रचलन पनि छ । आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले हरिशयनी एकादशी भन्ने गरिएको शास्त्रीय मान्यता रहेको छ । तुलसीलाई भगवान् […]

२०७५ श्रावण ७ गते, सोमबार