आज कोजाग्रत पूर्णिमा
काठमाडौं, १९ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन आज घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको […]
२०७४ आश्विन १९ गते, बिहीबार