समाज

बाढी पहिरोले १० जनाको मृत्यु

काठमाडौ, १९ असार । गृह मन्त्रालयले हिजो साँझसम्म विभिन्न ठाउमा १० जनाको मृत्यु भएको जनाएको छ । निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिलो गएर उनीहरुको मृत्यु भएको हो । पोखरा, स्याङ्जा, म्याग्दी, प्यूठानमा धनजनको क्षति भएको छ । सप्तरीमा डुवानमा परेका प्रभावितहरुको विचल्ली भएको छ । स्थानीय खोलामा आएको बाढीले घर डुबानमा […]

२०७४ असार १९ गते, सोमबार

बस दुर्घटना, एकजनाको मृत्यु, ४१ घाइते

काठमाडौँ, १८ असार । सिन्धुपाल्चोक को चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आइतबार (आज) बिहान भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक […]

२०७४ असार १८ गते, आईतवार

आज बिहान ५.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, १८ असार । आज बिहान ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ७ बजेर ४३ मिनेटको समयमा ओखलढुंगाको बरुणेश्वर नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुई वर्ष अघि गोरखालाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्पकै निरन्तरता स्वरुप आइतबार पराकम्प गएको हो । भूकम्पको धक्का पूर्वका धेरै ठाउँमा महसुस गरिएको जनाइएको […]

२०७४ असार १८ गते, आईतवार

काठमाडौमा क्यानडा दिवश मनाइयो

काठमाडौ, १७ असार । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघले नेपालको राजधानी काठमाडौमा एक कार्यक्रमको आयोजना गरी १५०औ क्यानडा दिवश मनाइएको छ । संघले विगत चार वर्षदेखि दुवै देशको जनस्तरुयि सम्बन्ध विस्तार गर्न निरन्तर यसैगरी क्यानडा दिवश मनाउँदै आएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जलविद्युत, पर्यटन र ब्यापारका माध्यमबाट क्यानडासँग सम्बन्ध बढाएर फाइदा लिन […]

२०७४ असार १८ गते, आईतवार

प्रहरी सहायक निरीक्षकद्वारा आत्महत्या

काठमाडौँ, १७ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैंले बोकेको हतियारबाट आत्महत्या गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबरेद्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिए । उदयुपुरको […]

२०७४ असार १७ गते, शनिबार

फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा

काठमाडौं, १६ असार । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए । अपहरण गराएर […]

२०७४ असार १६ गते, शुक्रबार

आज असार १५, दही चिउरा खाने दिन

काठमाडौँ , १५ असार । आज असार १५, दही चिउरा खाने दिन । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आज दहीच्यूरा खाने चलन छ । दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका […]

२०७४ असार १५ गते, बिहीबार

नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौं, १५ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर आज बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ । चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको हो । गएरातिको पहिरोले यहाँ सात घन्टा यातायात अवरुद्ध भएको जनाइएको […]

२०७४ असार १५ गते, बिहीबार

पत्रकारद्वारा सुरक्षाको माग

काठमाडौ, १४ असार । भक्तपुरका क्रियाशील पत्रकारले निष्पक्ष रुपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै गएपछि सुरक्षाको माग गरेका छन् । मङ्गलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाण्डौँ, नेपाल पत्रकार महासङ्घ, भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले मङ्गलबार भक्तपुरको रेडक्रसमा आयोजना गरेको ‘पत्रकार र सुरक्षा’ मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारले सुरक्षाको […]

२०७४ असार १४ गते, बुधबार

आज ईद–उल–फित्र

काठमाडौं, १२ असार । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको […]

२०७४ असार १२ गते, सोमबार