समाज

एनजीओ–आइएनजीओलाई जवाफदेही भइ काम गर्न निर्देशन

काठमाडौं, २० माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेहीरुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई निर्देशन दिएको छ । भूकम्पप्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनःनिर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनःनिर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई बुधबार कार्यालयमा बोलाएर निर्देशन दिएको सहायक प्रवक्ता डा. भीष्मकुमार भुसालले […]

२०७३ माघ २० गते, बिहीबार

निर्वाचन आयोग र मतदाता नामावली विधेयक प्रमाणीकरण

काठमाडौं, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विहीबार प्रमाणीकरण गरेकी छन् । निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।- रासस

२०७३ माघ २० गते, बिहीबार

४० प्रतिशत पुल जोखिममा

काठमाडौं, २० माघ । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरु कुनै पनि बेला भत्किन सक्ने सडक विभागले जनाएको छ । ‘जोखिमको अवस्थामा पुगेका मध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा […]

२०७३ माघ २० गते, बिहीबार

आज श्रीपञ्चमी

काठमाडौँ, १९ माघ। आज श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । आज बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ । यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ […]

२०७३ माघ १९ गते, बुधबार

‘नक्कली प्रहरी’ सक्कलीको फन्दामा

काठमाडौं, १८ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले आफूहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अधिकारी भन्दै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकन्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवेष घलान, नसि अख्तर, राजु लामा, योगेन्द्रप्रसाद भट्ट र सागर श्रेष्ठ रहेका छन् । त्यसैगरी, मकवानपुरका अमित बोम्जन, काभ्रेका […]

२०७३ माघ १८ गते, मंगलवार

बाहिरी चक्रपथ स्वीकृत हुँदै

काठमाडौं, १८ माघ । उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्रै मन्त्रिपरिषदमा पठाउन लागेको छ । पछिल्लो पटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन गरेको छ । ‘रोपनीका जग्गा कित्ताकाट भएर घडेरीमा परिणत भएका छन्,’ आयोजनाका निमित्त प्रमुख ध्रुव सापकोटाले भने, ‘अब केही समस्या छैन । ठूला […]

२०७३ माघ १८ गते, मंगलवार

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

काठमाडौं, १७ माघ । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ । भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेन्टका रुपमा सीमा पार गराउने खैरिचन्दनपुर–४ का रतन विक र […]

२०७३ माघ १७ गते, सोमबार

अपांगलाई बाँधेर राखिएको अवस्थामा फेलापारेपछि…

काठमाडौं, १५ माघ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४औं हप्तामा शनिबार गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौं महानगरपालिका, […]

२०७३ माघ १५ गते, शनिबार

क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको संयोजकमा दामोदर खनाल

काठमाडौँ, १५ माघ । क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले जिल्ला संयोजकमा पत्रकार दामोदर खनाललाई चुनेको छ । ललितपुरको कुपण्डोलमा आक् विहान भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले चुनेका जिल्ला कार्यसमिति सदस्यहरुमा रनसुर महतरा, विणुविकिरण आले, प्रकाश भण्डारी, ठमानसिंह तामाङ, सेरसिंह, गिता लामा, कोपिला थापा, जयन्ती महर्जन, अनित […]

२०७३ माघ १५ गते, शनिबार

आज सोनाम ल्होसार पर्व

काठमाडौँ, १५ माघ । आज सोनाम ल्होसार पर्व , तामाङ समुदायले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प […]

२०७३ माघ १५ गते, शनिबार