समाज

सेफ्टी ट्याङ्कीले ज्यान लियो !

काठमाडौ, ३० साउन । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ । निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढक्कन हटाउने क्रममा शनिबार धधवार गाविस वार्ड नं. ८ विजयनगर निवासी गणेश थारु र चुकुन्दर थारुको मृत्यु भएको हो । अक्सिजनको […]

२०७३ श्रावण ३० गते, आईतवार

गोसाईंकुण्ड मेला सुरू

काठमाडौ, ३० साउन । हरेक बर्ष जनैपूर्णिमाको अवसर पारेर रसुवाको गोसाईंकुण्डमा लाग्ने मेला आजदेखि सुरू भएको छ । मेला भर्नका लागि विभिन्न ठाउँबाट भक्तजन रसुवा पुग्न थालेका छन् । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का अवसरमा साता व्यापी रूपमा लाग्ने मेला सुरू हुन लागेको हो । यसपटक मेलामा १५ हजार तीर्थ यात्री आउने अनुमान गरिएको […]

२०७३ श्रावण ३० गते, आईतवार

उपत्यकाका नदीबाट चौध मेट्रिक टन फोहर संकलन

काठमाडौँ, २९ साउन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १७० औँ हप्तामा आज त्रिपुरेश्वर विश्वनिकेतन उच्च माध्यमिक विद्यालय पछाडिको बागमती क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर संकलन गरियो । ललितपुरको गुसिङ्गालक्षेत्रमा अव्यवस्थितरुपमा राखिएको होर्डिङ बोर्डलाई व्यवस्थित गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास […]

२०७३ श्रावण २९ गते, शनिबार

संरक्षण अभावमा मेटिँदै कला इतिहास

काठमाडौँ, २९ साउन । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ रहेका अमूल्य कलाकृति पनि बिग्रने अवस्थामा पुगेका छन् । करोडौँ मूल्य बराबरको इतिहास बोकेका २२० वटा कलाकृतिलाई अहिले […]

२०७३ श्रावण २९ गते, शनिबार

दिउँसै चोरको बिगबिगी

काठमाडौँ, २९ साउन । काठमाडौँ उपत्यकामा आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आव ०७२/०७३ मा चोरीका घटना कम भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव ७१/०७२ मा २२५ चोरी भएकोमा २०७२/०७३ मा १३८ चोरीका घटना भएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतले भन्नुभयो, “प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यस वर्ष चोरीका घटनामा […]

२०७३ श्रावण २९ गते, शनिबार

बाढी पहिरो पीडित भन्छन् : गास भन्दा बास चाहियों

काठमाडौँ , २८ साउन । प्युठानका बाढीपहिरो पीडितले गास भन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुश्किल भएकोले तत्काल अस्थायी बासको व्यवस्थापन गरिदिन सबैको ध्यानकर्षण गराएका छन् । उनीहरुले भनेका छन् , गाऊघरमा साउने मकै छन् । खानालाई कुनै समस्या छैन तर बास भत्कीएर बसीनसक्नु भएको छ । […]

२०७३ श्रावण २९ गते, शनिबार

मालपोत प्रमुखमाथि मानहानि मुद्दा

काठमाडौँ, २८ साउन । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गरेकी हुन् । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । सो मुद्दाउपर […]

२०७३ श्रावण २८ गते, शुक्रबार

जलवायु परिवर्तनको जोखिममा गण्डक जलाधार क्षेत्र

काठमाडौँ, २८ साउन । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर र त्यसबाट जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरणका लागि अध्ययन सुरु गरिएको छ । तिब्बतबाट उत्पत्ति भई नेपाल हुँदै भारततर्फ बग्ने गण्डकी नदी तराई, शिवालिक, पहाड, तल्लो हिमालय, उच्च हिमालय र ट्रान्स हिमालय क्षेत्रमा फैलिएको छ । नेपालभित्र १९ जिल्लाका करिब ३२ हजार वर्ग किमी क्षेत्रफल […]

२०७३ श्रावण २८ गते, शुक्रबार

युवतीको निहुँमा प्रहरी मुख्यालयमै रमिता

काठमाडौ, २८ साउन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे। हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौड्दै गए […]

२०७३ श्रावण २८ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौ, २८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, दीगो विकासमा आत्मनिर्भरता’ भन्ने मुल नारासहित मनाईदैछ । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम हुनेछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । दिवसका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाईलीले स्पष्ट नीति नहुँदा युवाहरु बेरोजगारको सिकार हुनु परेको बताएका छन । […]

२०७३ श्रावण २८ गते, शुक्रबार