सिंहदरबार पुनःनिर्माणका लागि अध्ययन टोली बन्ने
काठमाडौँ, ४ माघ । सिंहदरबारको पुनःनिर्माणबारे अध्ययन गर्न विज्ञहरू सम्मिलित समिति गठन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार युनेस्को र जापानी संस्था जाइकाले प्राविधिक सहयोग गर्दै सिंहदरबार नभत्काएरै पुनःनिर्माण गर्न […]
२०७३ माघ ४ गते, मंगलवार