समाज

नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

काठमाडौ, १८ जेठ । जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् । निजले २०६० चैत १५ मा बाबु नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालयबाट नागरिता प्राप्त गरेकामा पुनः दोस्रो […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

भारतको हात्ती र नेपालको बाढीले त्रसित बनाएको टोल

काठमाडौ, १७ जेठ । महाकाली नदीपारिको दोधारा–चाँदनी नगरपालिकाको शिवनगर टोल भारतीय हात्ती र जोगबुडाको बाढीले बर्सेनि सताइएको छ । शिवनगरमा रात परेपछि गाउँसँगै जोडिएको भारतीय जङ्गल नखाताल जङ्गलबाट कुन बेला हात्तीको लस्कर आउने पत्तो नै हुँदैन । स्थानीयवासी चन्द्र लोहार भन्नुहन्छ, “रात परेपछि भोलिसम्म बाँचिने हो कि होइन भन्ने चिन्ताले सताउँछ, रात परेपछि हात्तीको समूह […]

२०७३ जेष्ठ १७ गते, सोमबार

विश्व किरात महासङ्घ गठन

काठमाडौ, १७ जेठ । किरात भाषा, लिपी, धर्म संस्कार, संस्कृति, साहित्य इतिहास, सभ्यताको विकास गर्ने उद्देश्यले, किरात महागुरु फाल्गुनन्दको विचार अनुशरण गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको पाँचथरको फिदिम लब्रेकुटीमा यही जेठ १५ र १६ गते भएको भेलाले विश्व किरात महासङ्घ नेपाल स्थापना गरेको छ । डम्बरकुमार तुम्बापोको अध्यक्षतामा गठित सो समिति २७ सदस्यीय कार्यसमिति रहेको सोमबार […]

२०७३ जेष्ठ १७ गते, सोमबार

मनिषाको हत्यारालाई कारबाहीको माग राख्दै प्रदर्शन

काठमाडौं, १७ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ । मनिषाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् । उनीहरुले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन […]

२०७३ जेष्ठ १७ गते, सोमबार

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउ : अख्तियार

काठमाडौ, १७ जेठ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । मदन पुरस्कार पुस्तकालय […]

२०७३ जेष्ठ १७ गते, सोमबार

नयाँ बजेटप्रति पत्रकारिता क्षेत्र बेखुस

काठमाडौँ, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा व्यवस्थापिका–संसद्मा पेस भएको नयाँ आर्थिक वर्षको बजेटमा पत्रकारिता क्षेत्रका लागि पर्याप्त योजना तथा कार्यक्रम नभएको भन्दै पत्रकारिता क्षेत्रबाट निराशा व्यक्त भएको छ । पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनका नेताले पनि बजेटमा पत्रकारिता क्षेत्रका विषयवस्तु पर्याप्त मात्रामा नभएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा […]

२०७३ जेष्ठ १६ गते, आईतवार

चोरले पैसासँगै श्रीमती भगाएपछि…

काठमाडौं, १५ जेठ । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेन । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे […]

२०७३ जेष्ठ १५ गते, शनिबार

पत्रकार रावललाई पितृशोक

काठमाडौं , १४ जेठ । क्रान्तिकारी पत्रकार संगठन नेपालको उपाध्यक्ष दीपेन्द्र रावललाई पितृशोक परेको छ । उपाध्यक्ष एवं पत्रकार रावलको ८४ वर्षीय बुबा बजिर सिंह रावलको बिहीबार राति ११ः४५ बजे पुल्लेतोला–६, अछाम घरमा निधन भएको थियो । एक महिनादेखि ज्वरोले च्यापिएको र उपचारपछि घरमै रेखदेख गरिरहेको अवस्थामा हिजो राति असमायिक निधन भएको परिवारले बताएको छ […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

सयौ ट्याक्सी कारबाहीमा

काठमाडौँ, १४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेको बताएको छ । महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् । महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

‘ शालिनी ‘ नाम अनुसार काम

काठमाडौ, १४ जेठ । बेङलोरकि एक छात्राले अरूको घरमा भाँडा माझेर पढ्दा पनि कक्षा १२ को जाँचमा ८५ प्रतिशत अंक ल्याएकी छन्। सत्र वर्षीया शालिनीले विज्ञान विषयमा कर्नाटक बोर्डमा उच्च माविमा उक्त अंक ल्याएकी हुन्। आर्थिक अभाव तथा अत्यावश्यक सुविधाबाट वञ्चित उनले अब इन्जिनियर बन्ने चाहना रहेको बताएकी छन्। आवश्यक शुल्क उठाउन उनले विभिन्न काम […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार