समाज

नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौं, ५ जेठ । हिजोदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारीसाधन आज बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ । सडक सुचारु भएपछि रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । आज बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात […]

२०७३ जेष्ठ ५ गते, बुधबार

अमेरिकी भिसाका लागि कागजी प्रक्रिया घटाइदै

काठमाडौ, ४ जेठ । अमेरिकी दूतावासले यही जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ । आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ जेठ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, चैनपुर गाविस घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभिन्न प्रलोभनमा पारी विभागको प्रहरी नायब निरीक्षकमा जागिर लगाइदिने भनी राईबाट रु चार लाख ५० हजार र […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

कारागार व्यवस्थापन सूचना प्रणाली लागू

काठमाडौं, ४ जेठ । कारागार व्यवस्थापन विभागले ‘कारागार व्यवस्थापन सूचना प्रणाली’को स्थापना गरेको छ । मुलुकमा विभिन्न अपराध गरेबापत जेल सजाय भोगेका कैदीबन्दीको तथ्याङ्क सजिलै थाहा पाउन यो प्रणाली लागू गरिएको बताइएको छ । एउटा कैदीबन्दीको नाममा अर्को कैदीबन्दीले भुक्तान पाउने र जेलमुक्त हुने गरेपछि कारागार व्यवस्थापन विभागले यस्तो सूचना प्रणाली स्थापना गरेको हो । […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

कोषको कार्यक्रम बढी प्रभावकारी भएको विश्व बैंकको भनाइ

काठमाडौँ, ३ जेठ । आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले संसारभर सञ्चालन गरेका कार्यक्रमको मूल्याङ्कनका आधारमा हालै आफ्नो वेभसाइटमा प्रकाशित आलेखमा नेपालमा कोषले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमबाट आदिवासीका बासिन्दा बढी लाभान्वित भएको देखाएको छ । बैंकले सन् २०१४ मा गरेको एक […]

२०७३ जेष्ठ ३ गते, सोमबार

आज २३ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौ, ३ जेठ । आज २३ औं मदन–आश्रित स्मृति दिवस । २०५० सालमा जीप दुर्घटनामा निधन भएका नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । एमालेले आज बिहान पुरानो केन्द्रीय कार्यालय बल्खुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी […]

२०७३ जेष्ठ ३ गते, सोमबार

बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सुरू

काठमाडौ, २ जेठ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागको रोहबरमा आजदेखि भत्काउन सुरु गरिएको छ । ‘गोरखा भूकम्प’का कारण क्षति भएको उक्त मन्दिर लगायत सम्पूर्ण रानीपोखरीको पुनःनिर्माण गर्न लागिएको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए। बीच भागमा रहेको बालगोपालेश्वर मन्दि हरेक वर्ष भाइटीकाको […]

२०७३ जेष्ठ २ गते, आईतवार

आज अन्तर्राष्ट्रिय परिवार दिवस

काठमाडौ, २ जेठ । आज मे १५ तारिख अर्थात अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा पनि मनाईंदैछ । व्यक्तिको जीवनमा परिवारको महत्वबारे स्मरण गर्दै हरेक वर्ष मे १५ तारिखका परिवार दिवस मनाउने गरिएको छ । राष्ट्र संघले दिवसको यो वर्षको नारा परिवार, स्वस्थ जीवन र दीगो भविष्य तय गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार […]

२०७३ जेष्ठ २ गते, आईतवार

सडक दुर्घटनाबाट बर्सेनि दुई हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १ जेठ । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा भएको सडक सुरक्षा सप्ताह आजदेखि सकिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत वैशाख २६ देखि सप्ताह सुरु भएको थियो । सडक सुरक्षा सप्ताहको आज समापन कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रकाश अर्यालले तीव्र गतिका कारण दुर्घटना बढी हुन्छ, यसलाई कम गर्न […]

२०७३ जेष्ठ १ गते, शनिबार

खानेपानी आयोजना अलपत्र

काठमाडौ, १ जेठ । रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा रहेको निर्माणाधीन खानेपानी ओभर हेड ट्याक्कीका ठेकेदार काम नसकी भागेपछि करोडौँ रुपैयाँको खानेपानी आयोजना अलपत्र परेको छ र उपभोक्ता समस्यामा परेका छन् । तीन लाख ६० हजार लिटर क्षमता भएको ट्याक्की रु एक करोड ६२ लाखको लागतमा २०७२ असार मसान्तसम्म सम्पन्न गर्ने गरी खानेपानी डिभिजन कार्यलयबाट अजम्बर […]

२०७३ जेष्ठ १ गते, शनिबार