समाज

चीनसँग एमओयू आज

काठमाडौं, ११ कार्तिक । चीनबाट इन्धन ल्याउनेबारे आज समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने तय भएको छ। भारतबाट मात्र इन्धन आयात गरिरहेकोमा पहिलोपटक चीनबाट ल्याउनेबारे छलफल गर्न नेपाली टोली बेइजिङमा छ। टोलीका सहभागी अर्थ मन्त्रालयका सहसाचिव मधु मरासिनीका अनुसार मंगलबारबाट औपचारिक छलफल सुरु भएको छ। ‘बुधबार साँझसम्ममा एमओयू हुनेछ,’ मरासिनीले बेइजिङबाट टेलिफोनमा भने। यसपटक एमओयू मात्र […]

२०७२ कार्तिक ११ गते, बुधबार

विराटनगर आजपनि तनाबग्रस्त

काठमाडौं, १० कात्तिक । हिजो राति अबेरसम्म तवानग्रस्त बनेको विराटनगरको मलायरोड क्षेत्रमा आजपनि मधेशी मोर्चाका कार्यकर्ताले बिहानैबाट प्रदर्शन सुरु गरेका छन् । हिजो कोशी राजमार्ग अन्तरगत विराटनगरको रानी सडक खण्डमा मोर्चाका कार्यकर्ताले मोटरसाइकल र रिक्सा सन्चालनमा समेत रोक लगाएपछि प्रदर्शनकारी र प्रहरीबीचको झडप भएको थियो । मलाय रोडमा धर्नामा बसेका प्रदर्शनकारीलाई बल प्रयोग गरी हटाउन […]

२०७२ कार्तिक १० गते, मंगलवार

दशैं सकियो , आज कोजाग्रत पूर्णिमा

काठमाडौ, ९ कात्तिक । आज कोजाग्रत पूर्णिमा अर्थात बडा दसैँको अन्तिम दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा […]

२०७२ कार्तिक ९ गते, सोमबार

नेपालको नाकाबन्दी तत्काल हटाउ: इयु

काठमाडौं,८ कार्तिक । भारतले नेपालमा गरिरहेको अघोषित नाकाबन्दी तत्काल हटाउन युरोपियन युनियन इयुले विज्ञप्ति निकालेर आग्रह गरेको छ । युरोपियन संसदको दक्षिण एसिया सम्बन्धी मामिला हेर्ने प्रतिनिधि मण्डलकी प्रमुख जा लाम्बर्टले विज्ञप्ति निकालेर नेपालको आपूर्ति व्यवस्थामा असर नपर्ने गरी बिना अवरोध सीमापार व्यापार सुनिश्चित गर्न सहयोग गर्न भारतसँग आग्रह गरेको छन । वैशाख १२ मा […]

२०७२ कार्तिक ८ गते, आईतवार

ढल्केवरमा ३० राउण्ड हवाई फायर

काठमाडौं,७ कार्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । प्रदर्शनकारीले […]

२०७२ कार्तिक ७ गते, शनिबार

१३ लाखले काठमाडौं छाडेको अनुमान

काठमाडौं, ६ कात्तिक । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यसवर्ष दसैंमा १३ लाख जनाले काठमाडौं छोडेका छन् । दशैको अबसरमा विभिन्न नाका भएर १३ लाखको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरएका हुन् । इन्धन अभावमा सार्वजनिक बस कम चल्दा धेरैजना ट्रक, ट्याक्टर लगायत अरु गाडीमा चढेर घर गएका थिए । दसैंमा घर जानेहरु विस्तारै फर्किन थालेका […]

२०७२ कार्तिक ६ गते, शुक्रबार

आज विजयादशमी, टीका साइत बिहान १०:५५ मिनेटमा

काठमाडौं, ५ कात्तिक । आज महानवमी र विजयादशमी एकै दिन परेको छ । आज महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । आज देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि […]

२०७२ कार्तिक ५ गते, बिहीबार

आज महाष्टमी

काठमाडौं, ४ कात्तिक । हिन्दूहरुको महान चाड बडादसैंको आज आठौं दिन अर्थात् महाष्टमी । आजको दिन दसैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ । आज दसैँघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ […]

२०७२ कार्तिक ४ गते, बुधबार

छ सय दश कैदीलाई माफी

काठमाडौँ, ३ कात्तिक । राष्टपति डा रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको आज बाँकी कैदको माफी दिएका छन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकूल नहुने असल चालचलन भएका पूर्णप्रसाद धमलासहित वृद्ध र अशक्तसमेतलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी […]

२०७२ कार्तिक ३ गते, मंगलवार

बडादसैं अन्तर्गत आज फूलपाती

काठमाडौं, ३ कार्तिक । हिन्दूहरुको महान चाड बडादसैं अन्तर्गत आज आज फूलपाती भित्र्याउने दिन । आज घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै छ । बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवी समक्ष अर्पण गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि आज फूलपाती […]

२०७२ कार्तिक ३ गते, मंगलवार