समाज

बारको सल्लाहकार समितिको भेला हुदै

काठमाडौ,१४ वैशाख ।नेपाल बार एसोसियसनले आज केन्द्रीय सल्लाहकार समितिको भेला बोलाएको छ ।सर्वोच्च अदालतका लागि न्यायपरिषदको गरेको सिफारिसका विषयमा छलफल गर्न दिउँसो ४ बजे भेला बोलाइएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।बारले न्यायाधीशहरु वैद्यानाथ उपाध्याय र ओमप्रकाश मिश्र बाहेकका अरु नाममा आपत्ति जनाउँदै उनीहरुलाई हालतमा सर्वोच्च अदालतभित्र पस्न दिन नहुनेमा जोड दिँदै आएको छ […]

२०७१ बैशाख १४ गते, आईतवार

सुरुङ्गमा पुरिएका मजदुरको सकुशल उद्दार

काठमाडौं १३ वैशाख ।कास्कीको सिल्दूजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाँदा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ । हिजो सुरुङ्गको मुखमा पहिरो जाँदा थुनिएका एक चिनियाँ सहित १३ जना मजदूरलाई बिहान ३ बजेर ३५ मिनेटमा सकुशल उद्धार गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी […]

२०७१ बैशाख १३ गते, शनिबार

नौमती बाजा सम्मेलन हुने

काठमाडौं , १२ बैशाख। राष्ट्रिय पञ्चेबाजा/नौमतीबाजा लोक संस्कृति सम्मेलन आगामी जेठ २८ र २९ गते हुने भएको छ ।नेपाल लोक साँस्कृतिक अनुसन्धान प्रतिष्ठान, जागरण मिडिया सेन्टर, समता फाउन्डेशन, कर्णाली विकास केन्द्र र दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका २१ वटा सङ्घ संस्थाको संयुक्त बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।राष्ट्रिय सभागृहमा दुई दिनसम्म सञ्चालन हुने उक्त […]

२०७१ बैशाख १२ गते, शुक्रबार

जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन हुदै

काठामडौँ, ११ वैशाख । समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि वैशाख १७ गतेसम्म काठमाडाँैमा हुँदैछ ।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अतिकम विकसित मुलुकहरुको अध्यक्षता गरिरहेको छ । बेलायतको वातावरण तथा विकासका लागि अन्तर्राष्ट्रिय संस्था (आइआइइडी), बङ्गलादेशको सेन्टर फर एडभान्स स्टडिज (बिसिएएस) र क्लाइमेट चेन्ज नेटवर्क (सिसिएनएन) को सचिवालय क्लीन इनर्जी […]

२०७१ बैशाख ११ गते, बिहीबार

पशुपतिनाथको विशेष पूजा बन्द

काठमाडौं, ११ बैशाख। पशुपतिनाथ मन्दिरमा दुई सातादेखि विशेष पूजा बन्द भएको छ ।पशुपतिनाथ मन्दिरका भट्टले कमिसन बढाउनुपर्ने माग गर्दै दुई सातादेखि विशेष पूजा बन्द गरेका हुन् । मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन वृद्धि गर्नुपर्ने भट्टहरूको माग छ। उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने माग समेत राखेका छन्। पशुपति क्षेत्र विकास […]

२०७१ बैशाख ११ गते, बिहीबार

न्यायाधीश सिफारिसमा बारको आपत्ति

काठमाडौ, १० बैशाख । नेपाल बार एसोसिएसनले न्यायपरिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका आठजना न्यायाधिश गैरकानुनी रुपमा सिफारिस भएको भन्दै आपत्ति जनाएको छ ।न्यायापरिषदले गरेको सिफारिस समावेसी र समानुपातिक नभएको र कानुन ब्यावसायीहरुलाई पूर्णरुपले उपेक्षा गरिएको बारको भनाइ छ । नेपाल बारका कोषध्यक्ष मोहन ईङनामले न्यायपरिषदको निर्णय गलत भएको बताए ।उनले न्यायपरिषदले गरेको सिफारिसका बिषयमा […]

२०७१ बैशाख १० गते, बुधबार

बालविवाहमा नेपाल १९ औं स्थानमा

काठमाडौ,९ बैशाख । बालबिवाहलाई न्यूनीकरण गर्नको लागि राष्ट्रियस्तरको रणनीति बनाएर अगाडि बढ्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र युनिसेफले संयुक्तरुपमा आयोजना गरेको नेपालमा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव पूर्णभक्त तन्डुकारले राष्ट्रियस्तरको रणनीति बनाएर अगाडि नबढेसम्म बालविवाहलाई निराकण गर्न नसकिने बताए […]

२०७१ बैशाख ९ गते, मंगलवार

घुस्याहा प्रहरी निलम्बनमा

काठमाडौ, ८ वैशाख ।चोरीका अभियुक्त छुटाउन १७ लाख ७० हजार रुपैयाँ घुस लेनदेन भएको छ ।अभियुक्तका परिवारसँग पैसा लिने प्रहरी निलम्बनमा परेका छन भने दलाल पक्राउ परेका छन् । अभियुक्त छुटाइदिने भन्दै घुस लिने महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत इन्स्पेक्टर शरद सुवेदीमाथि निलम्बन प्रक्रिया अघि बढेको छ । प्रहरी जवान देवी बिष्टलाई भने निलम्बन गरिएको […]

२०७१ बैशाख ८ गते, सोमबार

बागमती किनारमा बगैंचा बनाइदै

काठमाडौं,६ बैशाख । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत आयोजनाको स्वीकृतिमा बागमती नदीको दायाँबायाँ २२ वटा बगैंचा निर्माण हुने भएका छन् ।राष्ट्रिय वाणिज्य बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, सशस्त्र प्रहरी, नेपाल प्रहरी सामुदायिक सेवा र विज्ञानप्रविधि तथा वातावरण मन्त्रालयको विभागले बगैंचा बनाउने बताइएको छ । यसैगरी निजी क्षेत्रबाट गैरआवासीय नेपाली संघ, नेपाल विज्ञापन संघ, प्याब्सन, निजामती कर्मचारी […]

२०७१ बैशाख ६ गते, शनिबार

खाडी मुलुकमा महिला कामदारको श्रम स्वीकृति बन्द

काठमाडौं । खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले शारीरिक तथा मानसिक यातना पाएको भन्दै सरकारले व्यक्तिगत श्रमस्वीकृति बन्द गरेको छ ।घरेलु महिला कामदारको अवस्था अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाउँदै व्यक्तिगत श्रमस्वीकृति बन्द गरिएको हो ।म्यानपावरमार्फत घरेलु कामदारका लागि महिलालाई विदेश पठाउन भने दुई वर्षअघि नै […]

२०७१ बैशाख ५ गते, शुक्रबार