समाज

निलोफर’ले नेपाललाइ नछुने

काठमाडौं। सामुद्रिक आँधी ‘निलोफर’ले नेपालमा ठूलो असर नगर्ने विज्ञहरूले बताएका छन्। अरेबियन सागरबाट आइतबार सुरु भएको निलोफरको असरस्वरूप दुई दिनपछि गुजरात तथा गोआ आसपासमा भारी वर्षा हुने अनुमान भइरहेका बेला नेपालमा भने न्यून असरमात्रै देखिने जानकारी मौसमविद्ले दिएका हुन्। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले भूउपग्रह तस्बिर तथा अन्तर्राष्ट्रिय मौसम अनुमान केन्द्रहरूको सहयोगमा निलोफरबारे अध्ययन गरिरहेको […]

२०७१ कार्तिक ११ गते, मंगलवार

भक्तपुर पूर्ण सरसफाइयुक्त जिल्ला बन्दै

भक्तपुर, ९ कात्तिक । भक्तपुरलाई अब पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान सुरु भएको छ । भक्तपुरका १६ गाविस र २ नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि सरसफाइको क्षेत्रमा उल्लेख्य काम गरेको ताथली गाविसबाट पूर्ण सरसफाई जिल्ला घोषणाको अभियान सुरु गरेको डिभिजन खानेपानी कार्यालय भक्तपुरका प्रमुख आशिष घिमिरेले बताए । शौचालय अनिवार्य बनाई प्रयोग गर्ने, साबुन […]

२०७१ कार्तिक ९ गते, आईतवार

भाइटीकाको उत्तम साइत भोलि बिहान ११:३५ मा

काठमाडौं, ७ कार्तिक । तिहारको मुख्यदिन भाइटीकाको साइत शनिबार (भोलि) बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्याायक समितिले जनाएको छ ।सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भएपनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

२०७१ कार्तिक ७ गते, शुक्रबार

आज म्ह पुजा

काठमाडौ, ७ कात्तिक। काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले आज म्ह पुगा गर्दैछन् ।साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ […]

२०७१ कार्तिक ७ गते, शुक्रबार

आज गाइतिहार

काठमाडौ, ६ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज देशभर गाई पूजा गरिदैंछ । आजको दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मिठामिठा परिकार खान दिने गरिन्छ । आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पनि गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज सांझ घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, […]

२०७१ कार्तिक ६ गते, बिहीबार

आज कुकुर तिहार

काठमाडाै‌, ५ कात्तिक । तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्धारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो […]

२०७१ कार्तिक ५ गते, बुधबार

सुरु भयो तिहार

काठमाडौं, ४ कात्तिक ।आजदेखि तिहार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाईंदैछ । कात्तिककृष्ण चतुर्दशीका दिन बुधबार कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन बिहिबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ । […]

२०७१ कार्तिक ४ गते, मंगलवार

सर्वोच्चले पिडिए झिकायो

काठमाडौं । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत आयोजनबारे सरकार र भारतीय कम्पनि जिएमआरसँग भएको आयोजना विकास सम्झौता (पिडिए) जस्तो अवस्थामा छ त्यस्तै सर्वोच्च पेश गर्न सरकार र लगानी बोर्डलाई आदेश गरेको छ । जलाधार क्षेत्रका ३६ जनाको तर्फबाट डम्बरबहादुर रावलले असोज ८ गते सम्झौता नेपालको अन्तरिम संविधान, प्रचलित ऐन, नियम र नेपाल र नेपाली जनतको […]

२०७१ कार्तिक ३ गते, सोमबार

अदालतको फैसला कार्यान्वयन गराउन अभियान सुरु

काठमाडौं, २ कार्तिक ।सर्वोच्च अदालतले अदालतको फैसला अटेर गर्नेहरुलाई कारबाही गर्न आइतबार विशेष अभियान चलाएको छ । अदालतबाट दण्ड जरिवाना र कैद भुक्तानीको फैसला सुनाइएका तर अटेर गरेकाहरुलाई विशेष अभियान अन्तर्गत पक्राउ गरिने सर्वोच्चले जनाएको छ । वर्षौंदेखि अटेर गर्ने क्रम बढेकाले अदालतको फैसला कार्यान्व्यन गराउन विशेष अभियान नै चलाउनु परेको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले […]

२०७१ कार्तिक २ गते, आईतवार

आज विश्व पशुपंक्षी दिवस

काठमाडौं, ३१ असोज ।हाम्रो लागि पशु, पशुका लागि हामी भन्ने नाराका साथ आज विश्व पशुपंक्षी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । पशु र मानवको सम्बन्धलाई प्रगाढ बनाउन, पशुप्रति मानवको व्यवहारमा सुधार ल्याउन यो दिवस मनाउन थालिएको हो । पशुपंक्षीमाथि अमानवीय क्रियाकलाप भैरहेकाले सचेतना जगाउने उद्देश्यले नेपालमा ७ वर्षदेखि पशुपंक्षी दिवस मनाउन थालिएको छ । आज […]

२०७१ आश्विन ३१ गते, शुक्रबार