समाज

रत्नपार्कलाई आकर्षक बनाइने

काठमाडौं ,२० बैशाख। काठमाडौंको मुख्य केन्द्रविन्दुमा रहेको ‘रत्नपार्क’लाई काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भएको छ ।करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरी पार्क सुधार गरिनेछ । रत्नपार्कलाई नयाँ ढंगले विकास गर्न उसले त्यसको ‘डिजाइन’समेत तयार पारेको छ । ‘तर, डिजाइन स्वीकृत हुन बाँकी छ,’ महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, ‘आगामी सार्क सम्मेलनअघि नै रत्नपार्कलाई […]

२०७१ बैशाख २० गते, शनिबार

आज अक्षय तृतीया

काठमाडौ, १९ बैशाख । आज सातु र सर्वत दान गरी अक्षय तृतीया मनाइँदैछ । वैशाखशुक्ल तृतीयाका दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।सत्ययुगको प्रारम्भ पनि यसै दिनबाट भएको मानिन्छ । विवाहका लागि लगन तथा साइत हेर्नु नपर्ने मान्यता र शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा […]

२०७१ बैशाख १९ गते, शुक्रबार

आज दिनभरि पानी पर्ने

काठमाडौ, १९ वैशाख ।काठमाडौ उपत्यका सहित देशका धेरै ठाउँमा हिजो रातिदेखि परेको झरी आज दिनभरपनि पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद सुवास रिमालका अनुसारबा बंगालको खाडीबाट जल वाष्पयुक्त हावा सतही रुपमा प्रवेश गर्दा मौसम बदली भएको हो । पूर्वबाट प्रवेश गरेको वायुको प्रभाव देशका धेरै ठाउँमा फैलिएको छ । […]

२०७१ बैशाख १९ गते, शुक्रबार

मच्छिन्द्रनाथको रथयात्रा आजबाट

काठमाडौं, १७ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज ललितपुरमा सुरु हुंदैछ । ललितपुरको पुल्चोकबाट बाजागाजाका साथ रथ तान्ने क्रम सुरु हुन्छ । करीब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा […]

२०७१ बैशाख १७ गते, बुधबार

आज आमाको मुख हेर्ने दिन

काठमाडौं, १६ वैशाख – आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ ।वैशाख कृष्णपक्ष औसीको दिन नेपालीले यो पर्व मनाउने चलन छ ।बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध […]

२०७१ बैशाख १६ गते, मंगलवार

तरकारी बजारमा आगलागी ,डेढ करोडको क्षति

काठमाडौं, १५ वैशाख– कोटेश्वरस्थित काभ्रेली तरकारी तथा फलफूल बजारमा आज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट १५ वटा टहरामा रहेका तरकारी तथा फलफूल पसल र केही खाद्यान्नका थोक पसल समेत जलेर नष्ट भएका छन् । महानगरीय प्रहरी वृत्त कोटेश्वरसँगै रहेको तरकारी बजारमा बिहान करिब चार बजेतिर आगलागी भएको थियो । आगलागीबाट करिब डेढ करोड […]

२०७१ बैशाख १५ गते, सोमबार

बारको सल्लाहकार समितिको भेला हुदै

काठमाडौ,१४ वैशाख ।नेपाल बार एसोसियसनले आज केन्द्रीय सल्लाहकार समितिको भेला बोलाएको छ ।सर्वोच्च अदालतका लागि न्यायपरिषदको गरेको सिफारिसका विषयमा छलफल गर्न दिउँसो ४ बजे भेला बोलाइएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।बारले न्यायाधीशहरु वैद्यानाथ उपाध्याय र ओमप्रकाश मिश्र बाहेकका अरु नाममा आपत्ति जनाउँदै उनीहरुलाई हालतमा सर्वोच्च अदालतभित्र पस्न दिन नहुनेमा जोड दिँदै आएको छ […]

२०७१ बैशाख १४ गते, आईतवार

सुरुङ्गमा पुरिएका मजदुरको सकुशल उद्दार

काठमाडौं १३ वैशाख ।कास्कीको सिल्दूजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाँदा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ । हिजो सुरुङ्गको मुखमा पहिरो जाँदा थुनिएका एक चिनियाँ सहित १३ जना मजदूरलाई बिहान ३ बजेर ३५ मिनेटमा सकुशल उद्धार गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी […]

२०७१ बैशाख १३ गते, शनिबार

नौमती बाजा सम्मेलन हुने

काठमाडौं , १२ बैशाख। राष्ट्रिय पञ्चेबाजा/नौमतीबाजा लोक संस्कृति सम्मेलन आगामी जेठ २८ र २९ गते हुने भएको छ ।नेपाल लोक साँस्कृतिक अनुसन्धान प्रतिष्ठान, जागरण मिडिया सेन्टर, समता फाउन्डेशन, कर्णाली विकास केन्द्र र दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका २१ वटा सङ्घ संस्थाको संयुक्त बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।राष्ट्रिय सभागृहमा दुई दिनसम्म सञ्चालन हुने उक्त […]

२०७१ बैशाख १२ गते, शुक्रबार

जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन हुदै

काठामडौँ, ११ वैशाख । समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि वैशाख १७ गतेसम्म काठमाडाँैमा हुँदैछ ।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अतिकम विकसित मुलुकहरुको अध्यक्षता गरिरहेको छ । बेलायतको वातावरण तथा विकासका लागि अन्तर्राष्ट्रिय संस्था (आइआइइडी), बङ्गलादेशको सेन्टर फर एडभान्स स्टडिज (बिसिएएस) र क्लाइमेट चेन्ज नेटवर्क (सिसिएनएन) को सचिवालय क्लीन इनर्जी […]

२०७१ बैशाख ११ गते, बिहीबार