समाज

नौबिसे–मलेखु सडकखण्ड राति बन्द हुने

काठमाडौँ । नागढुंगा–मुग्लिङ सडक आयोजनाले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आजबाट १५ दिनका लागि राति ५ घन्टा बन्द हुने जना एको छ । आयोजनाले नागढुंगा–मुग्लिङ सडक आयोजनाले जारी गरेको सूचनामा राति १० देखि बिहान ३ बजेसम्म सडक बन्द हुने जनाइएको हो ।उक्त सडकमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको मर्मतका लागि […]

२०८१ असार २६ गते, बुधबार

मनसुन क्रमशः निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश […]

२०८१ असार २५ गते, मंगलवार

१९ राजमार्ग अवरुद्ध !

काठमाडौँ । देशभरका १९ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको […]

२०८१ असार २५ गते, मंगलवार

विपद्जन्य घटनावाट ७४ जनाको मृत्यु, ८८ घाइते, करोडौंको धनमाल नष्ट

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु […]

२०८१ असार २५ गते, मंगलवार

बाघको आक्रमणबाट तीन महिला घाइते

काठमाडौँ । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले […]

२०८१ असार २४ गते, सोमबार

नारायणगढ बुटवल सडक खण्ड विस्तार कार्य ठप्प

काठमाडौँ । नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकारअनुसार निरन्तर परेको वर्षाको कारण उक्त सडक खण्ड विस्तारको काम ठप्प भएको हो । उनले अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रूपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताउदै भने-‘पानीमा सडक […]

२०८१ असार २४ गते, सोमबार

बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, […]

२०८१ असार २३ गते, आईतवार

आगामी ३ दिनको मौसमपुर्वानुमान

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले […]

२०८१ असार २३ गते, आईतवार

अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ। देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ भने कतै डुबान, कतै बाढी त कतै पहिरोले प्रभावित पारेको छ । तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको छ भने उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती जारी छ ।अविरल वर्षाका […]

२०८१ असार २३ गते, आईतवार

सप्तकोशीमा पानीको बहाव उच्च, ४८ ढोका खोलिए

काठमाडौँ । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । पुर्बी पहाडी जिल्लाहरुमा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो । आइतबार बिहान सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ४९ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए ।सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी […]

२०८१ असार २३ गते, आईतवार