समाज

निरा आचार्यको हत्याकाे अभियाेगमा पक्राउ परेका विक सार्वजनिक

काठमाडौँ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेकाे अभियाेगमा पक्राउ परेका विनोद विकलाई सार्वजनिक गरेकाे छ । प्रहरीले विकलाई झापाबाट पक्राउ गरेर ल्याएर काठमाडाैंमा सार्वजनिक गरेकाे हाे ।करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो । वैशाख ७ मा सामान […]

२०८० बैशाख १७ गते, आईतवार

सुक्खा पहिरोले अरुण नदी थुनियो !

काठमाडौं । सुक्खा पहिरोका कारण सङ्खुवासभामा अरुण नदी थुनिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको बताए । अहिलेसम्म नदी […]

२०८० बैशाख १७ गते, आईतवार

चट्याङमा परी ५४ भेडा मारिए

काठमाडौँ । पाँचथरको फालेलुङमा चट्याङमा परी ५४ वटा भेडा मारिएका छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन्। शरीरको दाहिने पाटो नचल्ने र […]

२०८० बैशाख १७ गते, आईतवार

‘बहिर्गमित जनमुक्ति सेनालाई दुई लाख दिएर पन्छाउन पाइदैन ‘

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना, नेपालले आफुहरुलाई रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ । सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बेला बहिर्गमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो । ‘सरकारलाई हामीले सुरू देखि नै ‘पूर्व बाल सेना’ को दीर्घकालीन रूपमा नै समस्या सम्बोधन […]

२०८० बैशाख १७ गते, आईतवार

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम […]

२०८० बैशाख १६ गते, शनिबार

महावीर पुनद्वारा माइतीघर मण्डलामा धर्ना सुरु

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन । धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय […]

२०८० बैशाख १५ गते, शुक्रबार

आमरण अनशनरत घिमिरेको जीवन रक्षा गर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै आमरण अनशन बसेका किसान श्रीराम घिमिरेको जीवन रक्षा गर्न माग गरेको छ । घिमिरे ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बसेका छन् । आयोगको टोलीले अनशनस्थल पुगेर अनुगमन गर्नुका […]

२०८० बैशाख १४ गते, बिहीबार

चट्याङ लागेर बुवा–आमा घाइते , छोराको मृत्यु !

काठमाडौँ । गएराति करिब नौ बजेतिर ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका वडा नम्बर ४ को एक घरमा चट्याङ लाग्दा बुवा–आमा घाइते भएका छन् भने छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । दोर्चीका बुवा र […]

२०८० बैशाख १४ गते, बिहीबार

कामपालाई नदी–किनारका बस्ती हटाउन बाटो खुल्यो !

काठमाडौं । काठमाडौं महानगरपालिकालाई नदी–किनारका बस्ती हटाउन बाटो खुला भएको छ । बुधबार उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले अन्तरिम आदेश गर्न अस्वीकार गरेसँगै काठडमाडौं महानगरलाई बस्ती हटाउने बाटो खुलेको हो । तर बस्तीका नागरिकलाई विकल्प दिनुपर्ने कुरा पनि आदेशमा भएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन् ।जानुका पोखरेल लगायतले महानगरको सूचना […]

२०८० बैशाख १४ गते, बिहीबार

तरकारी बेच्न परिचयपत्र अनिवार्य !

काठमाडाैँ । दाङ्गस्थित तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ।स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनले भने- “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका […]

२०८० बैशाख १३ गते, बुधबार