समाज

गोहीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेका थिए । शनिवार साँझ माछा मार्न जानेक्रममा महतोलाई गोहीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

२०८० भाद्र ३१ गते, आईतवार

थारू समुदाय अट्वारी पर्व मनाउँदै

काठमाडौँ । पश्चिम तराइका थारु समुदाय अट्वारी पर्व मनाउँदैछन् । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाहरुमा बस्ने थारु समुदायले आज अट्वारी पर्व मनाउँदै छन । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाका लागि निर्जल र निराहर ब्रत बस्ने परम्परा छ । यो पर्व थारु समुदायको दसैं पछिको दोस्रो ठूलो चाड मानिन्छ । अट्वारी पर्व धुमधामसँग […]

२०८० भाद्र ३१ गते, आईतवार

तीज सुरू, आज दर खाने दिन

काठमाडौँ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आज घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ । तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ […]

२०८० भाद्र ३१ गते, आईतवार

तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् । समितिका सदस्यहरुमा जिल्ला प्रहरी […]

२०८० भाद्र ३० गते, शनिबार

११ लाख लाइसेन्स छाप्न बाँकी

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी सङ्ख्या १२ लाख पुग्ने देखिन्छ । यस आधारमा ल्याएको कार्ड छाप्न बाँकी रहेको छाप्दा नै सकिन्छ […]

२०८० भाद्र ३० गते, शनिबार

काठमाडौं र ललितपुरका केही ठाउँमा ३ दिन विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका केही ठाउँमा आजदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै स्युचाटार-टेकु सबस्टेसनबाट तीन दिन सट डाउन गर्न लागेकोले विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।प्राधिकरणले टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको जनाएको छ […]

२०८० भाद्र २९ गते, शुक्रबार

नदीजन्य वस्तुको दोहन रोक्न गस्ती

काठमाडौँ । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन रोक्न पहल शुरु भएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रिय गस्ती गरिरहेका छन्। सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक […]

२०८० भाद्र २९ गते, शुक्रबार

चट्याङबाट १ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौँ । दैलेखमा चट्याङबाट १९ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर महाबु गाउँपालिका–१ की ४२ वर्षीया भुमिसरा खत्रीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । महाबु गाउँपालिका–१ ओखलढुङ्गास्थित मानबहादुर सेनको घरमा चट्याङ पर्दा उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् । चट्याङबाट गोठमा बाँधेका केही […]

२०८० भाद्र २९ गते, शुक्रबार

राष्ट्रिय बाल दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस। देशभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ […]

२०८० भाद्र २९ गते, शुक्रबार

कुशे औँसी एवं बाबुको मुख हेर्ने दिनकाठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको […]

२०८० भाद्र २८ गते, बिहीबार