समाज

तामाङ मुक्ती मोर्चा ललितपुरको अध्यक्षमा बुद्धिमान सी

काठमाडौँ । तामाङ मुक्ती मोर्चा ललितपुर २ को भेलाले बुद्धिमान सीलाई नेतृत्व चयन गरेको छ। शुक्रबार ललितपुरमा भएको भेलाले १२ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो। भेलामा प्रमुख अतिथिको रुपमा तामाङ मुक्ती मोर्चा नेपालका केन्द्रीय अध्यक्ष प्रेरक सी, बिशेष अतिथि नेकपा ललितपुर २का सेक्रेटरी अनुप सी, जिल्ला सदस्यहरु कुलमान, मानबहादुर, अशोक रहेका थिए भने कार्यक्रमको […]

२०८० जेष्ठ १३ गते, शनिबार

जीप दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौँ । रुकुम पश्चिममा सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै मृत्यु भएको र जीपमा रहेका कम्तिमा आधा दर्जन घाइते भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सानोभरी […]

२०८० जेष्ठ ११ गते, बिहीबार

आज भोटो जात्रा : काठमाडाैँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ । आज वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै छ । यसै जात्राका लागि आज सरकारले काठमाडाैँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएकाे छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै […]

२०८० जेष्ठ ११ गते, बिहीबार

भोलि भोटो जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । गृह मन्त्रालयले भोटो जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।  मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० […]

२०८० जेष्ठ १० गते, बुधबार

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

काठमाडौँ । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन्। सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन […]

२०८० जेष्ठ १० गते, बुधबार

आज मौसम बदली र वर्षाको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जानेको छ । महाशाखाले यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । […]

२०८० जेष्ठ ९ गते, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई साढे २० वर्ष कैद सजायको मागदाबी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परी हाल हिरासतमा रहेकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी गरिएको छ । काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजायको मागदावी गरिएको छ । यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जना […]

२०८० जेष्ठ ८ गते, सोमबार

बलात्कारको आरोपमा पुर्व क्याम्पस प्रमुख पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले युवतीलाई बलात्कार गरेको आरोपमा प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख प्रकाउ परेको बताएका छन । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ५ रातोडाँडाँ निवासी ४४ वर्षीय शेषमणि गौतम रहेको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए । शेषमणि देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख हुन् […]

२०८० जेष्ठ ८ गते, सोमबार

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

२०८० जेष्ठ ८ गते, सोमबार

४२० खानी उत्खनन् गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो ।विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान […]

२०८० जेष्ठ ८ गते, सोमबार