समाज

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । आज कात्तिक शुक्ल द्वितीया अर्थात आज भाइटीका । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने प्रचलन छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको […]

२०७७ मंसिर १ गते, सोमबार

म्हःपूजा मनाइदै

काठमाडौं । आज म्हःपूजा । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ । आज बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ । तर यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेको छ […]

२०७७ कार्तिक ३० गते, आईतवार

आज गोवर्द्धन पूजा

काठमाडौं : आज तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । तिहारको चौथो दिन गोवर्द्धनको पूजाआजा गरी मनाइन्छ । आज […]

२०७७ कार्तिक ३० गते, आईतवार

आज कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौं । आज तिहारको दोस्रो दिन कुकुर तिहार । आज कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस […]

२०७७ कार्तिक २९ गते, शनिबार

आज काग तिहार

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको […]

२०७७ कार्तिक २८ गते, शुक्रबार

यमपञ्चक अर्थात् तिहार शुरु

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । साँझ त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय […]

२०७७ कार्तिक २७ गते, बिहीबार

आज फाल्गुनन्द जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूती, किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै जन्मजयन्तीका अबसरमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरिन्छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको इभाङ–५ चुक्चिनाम्बामा भएको थियो । उनको […]

२०७७ कार्तिक २५ गते, मंगलवार

देवघाटमा मलामीको भीडभाड

काठमाडौं । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहेको भए पनि त्यसको बेवस्था गर्दै आफू र स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका […]

२०७७ कार्तिक २४ गते, सोमबार

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले समय निर्धारण गरेको हो ।यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी […]

२०७७ कार्तिक २४ गते, सोमबार

प्रेस काउन्सिलद्वारा अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न अपील

काठमाडौँ । प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील गरेको छ ।काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त ध्यान नदिई […]

२०७७ कार्तिक २३ गते, आईतवार