समाज

‘तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो गुर्जोको विरूवा ‘

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ ।त्यस्तै आजै मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको विरूवा रोपिएको छ । आज शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत […]

२०७७ कार्तिक १५ गते, शनिबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं। आज आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी […]

२०७७ कार्तिक १४ गते, शुक्रबार

पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सो अबसरमा महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ ।महासंघको सुझावपत्र बुझ्दै मन्त्री पौडेलले […]

२०७७ कार्तिक १३ गते, बिहीबार

आज महानवमी पर्व

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको […]

२०७७ कार्तिक ९ गते, आईतवार

आज महाअष्टमी

काठमाडौं । आज आश्विन शुक्ल अष्टमी अर्थात महाष्टमी । नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको […]

२०७७ कार्तिक ८ गते, शनिबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० संक्रमित फेला परेको जनाएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७ सय २० संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६६ हजार ८ सय […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

आज वडादशैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ । सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

मानव अधिकार आयोग दशैंमा खुला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने जनाएका छन । विज्ञप्तिमा दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ । आयोगले सो अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर […]

२०७७ कार्तिक ६ गते, बिहीबार

बालगृहमा अलपत्र ११ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।उद्धार गरिएकामध्ये सात बालबालिकालाई […]

२०७७ कार्तिक ५ गते, बुधबार

राजधानीको २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आज वाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।आज एक कार्यक्रमका वीच रोटरी क्लव अफ त्रिपुरेश्वरका […]

२०७७ कार्तिक ४ गते, मंगलवार