समाज

‘शाखा सडकबाट मुल सडकमा निस्कने सजिलो ट्राफिक नियम – पर्ख, हेर र जाउँ’

काठमाडौं । शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक काईदा – पर्ख, हेर र जाउँ (Stop, Look & Go) नियम तपाई पालना गर्नुभयो त । हो, यस्तै नियम पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look & Go लेखिएको संकेत बोर्डहरू थप १०० स्थानमा राखेको छ ।“ […]

२०७७ आश्विन ३० गते, शुक्रबार

स्याङजामा अनिश्चितकालिन लकडाउन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय स्याङजाले सूचना जारी गरेर गएरातिबाट लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन गरेको छ । केही दिनयता स्याङजाका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण फैलिएपछि नियन्त्रणका लागि लकडाउन गरिएको हो ।यस्तै कात्तिक १ गतेदेखि उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट साथमा लिएर मात्रै प्रवेश गर्न […]

२०७७ आश्विन २९ गते, बिहीबार

शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने

काठमाडौं। कोरोनाका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर […]

२०७७ आश्विन २८ गते, बुधबार

नम्बर प्लेट स्पष्ट नभए कारबाही !

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ । आजमात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको […]

२०७७ आश्विन २८ गते, बुधबार

‘बलात्कारी संगठन’ पेज खाल्नेविरुद्ध अनुसन्धान शुरु

काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा ‘बलात्कारी संगठन’ (रेपर एसोसियसन) पेज खोल्नेविरुद्ध अनुसन्धान सुरु गरेको छ । असोज २६ गते सोमबार आकस्मात् ‘रेपर एसोसियसन’ नामक पेज खोलिएपछि नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले अनुसन्धान थालेको हो ।साइबर क्राइम ब्यूरोले सोमबारबाटै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको हो । यस क्रियाकलापमा संलग्नलाई जतिसक्दो चाँडै नियन्त्रणमा लिएर कारबाही गर्ने पनि […]

२०७७ आश्विन २७ गते, मंगलवार

सार्वजनिक यातायातले सबै सिटमा यात्रु बोक्न पाउने

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो। अब दशैँको समयमा यात्रुको चाप […]

२०७७ आश्विन २७ गते, मंगलवार

खाद्यले कात्तिक २ गतेदेखि खसीबोका र च्याङ्ग्राको बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ ।त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ । तर च्याङ्ग्रा […]

२०७७ आश्विन २६ गते, सोमबार

ठगी रोक्न सिभिल ट्राफिक परिचालन

काठमाडौँ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ । काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर […]

२०७७ आश्विन २५ गते, आईतवार

चर्को आवाज निकाल्ने मोटरसाईकलविरूद्ध कारवाही अभियान शुरू

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले आजमात्रै चर्को आवाजले डिष्टर्व गर्ने २० वटा मोटरसाईकलहरु कारवाही गरेको छ ।महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने […]

२०७७ आश्विन २६ गते, सोमबार

भि.न.पा ९ का का. बा. अध्यक्षलाई एकदिने अल्टिमेटमसहित ज्ञापनपत्र

काठमाडौं। कञ्चनपुर भिमदत्त नगरपालिका ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोसीलाई स्थानीयहरुले रोडसंग जोडिएका र अन्य जटिल मागहरु राख्दै एकदिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन । उनीहरुले माग सम्बोधन नभएको खण्डमा कडा भन्दा कडा संघर्षमा उत्रिने र वडा कार्यलय बन्द गर्ने कुरा दिपेन्द्र सिह ऐरीले जानकारी गराएका छन।

२०७७ आश्विन २५ गते, आईतवार