समाज

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो !

काठमाडाैँ, २३ जेठ । कोरोनावाट सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ हाँसेका २० वर्षे युवाको क्वारेन्टिनमा चौध दिन बसेर घर फर्किए लगत्तै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

अनुमति बिना गुडेका सवारी–साधन नियन्त्रणमा

काठमाडौं, २१ जेठ । महानगरीय ट्राफिक महाशाखाले ‘लकडाउन’को उल्लंघन गर्दै काठमाडौंका विभिन्न स्थानमा बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा लिएर कारबाही गरेको छ । अत्यधिकरूपमा पासबिना सवारी–साधनहरु गुड्न थालेपछि प्रहरीले कडाइ गरेको हो । यसैक्रममा काठमाडौंका विभिन्न क्षेत्रबाट बुधबार बिहानमात्रै एक हजार ३०० भन्दा बढी सवारी–साधन नियन्त्रणमा लिइएको छ । यसैबीच , महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी […]

२०७७ जेष्ठ २१ गते, बुधबार

बन्दीपुर प्रवेशमा रोक

काठमाडौँ , २१ जेठ । तनहुँको बन्दीपुर गाउँपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ २१ गतेदेखि २८ गतेसम्म बजार सिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय तनहुँमा पनि एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन बन्दीपुर प्रवेशमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । अत्यावश्यकबाहेक अन्यलाई गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो […]

२०७७ जेष्ठ २१ गते, बुधबार

लकडाउनको ढाँचामा केही परिवर्तन हुन सक्ने

काठमाडौँ , २० जेठ । गत शनिबार मन्त्रिपरिषद्ले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा प्रस्ताव गर्ने तयारीमा जुटेको छ । मंगलबार समितिको बैठक बोलाइएको छ […]

२०७७ जेष्ठ २० गते, मंगलवार

रुकुम र देवदह हत्याकाण्डको विरोधमा र्याली

काठमाडौँ , १९ जेठ । दलित मुक्ति मोर्चा नेपालद्वारा रुकुममा भएको जातीय नरसंहार र देवदहमा दलित महिलामाथि भएको बलात्कारपछिको हत्याको विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो मोर्चाले रुकुममा भएको घटना जातीय विभेदको परिणाम रहेको भन्दै जातीय विभेद र छुवाछूत गर्नेलाई हदैसम्मको कारबाहीको अपिलसमेत गरेको छ । […]

२०७७ जेष्ठ १९ गते, सोमबार

वैज्ञानिक बनका नाममा बन फडानी !

काठमाडौँ , १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक बनका नाममा बन फडानी गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ । सो पार्टीको सेती–महाकाली ब्युरोले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कथित वैज्ञानिक बनका नाममा बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई तत्काल बन फडानी रोक्न चेतावनी दिएको छ । ब्युरो इन्चार्ज निर्माणले […]

२०७७ जेष्ठ १९ गते, सोमबार

कोरोना सङ्क्रमितको सङ्ख्या १,५६७ पुग्यो !

काठमाडौँ , १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो संगै कोरोना सङ्क्रमितको सङ्ख्या १,५६७ पुगेको छ । हिजो पनि १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

२०७७ जेष्ठ १८ गते, आईतवार

कोरोना संक्रमितको संख्या १४६४ पुग्यो !

काठमाडाैँ, १८ जेठ । आज दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६४ पुगेको छ । शनिबार मात्र २ सय ३४ […]

२०७७ जेष्ठ १८ गते, आईतवार

ओएचसीएचआरद्वारा रुकुम पश्चिम र देवदहका घटना बारे गम्भीर चासो

काठमाडौं, १७ जेठ । संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी हुन […]

२०७७ जेष्ठ १७ गते, शनिबार

कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो !

काठमाडौँ, १६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप १ सय ७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने २ सय ६ जना उपचार पछि घर फर्केका छन् । कोरोनाका कारण हालसम्म […]

२०७७ जेष्ठ १६ गते, शुक्रबार