समाज

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २४ असोज । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राससलाई जानकारी दिए […]

२०७६ आश्विन २५ गते, शनिबार

‘खाँ पिहाँवइगु’ जात्रा हुदै

काठमाडौं, २२ असोज । आज बडादसैंअन्तर्गत् एकादशीको दिन थिमिको तत्कालीन दरबारबाट तलेजु भवानीसँगै खाँ पिहाँवइगु जात्रा हुदैछ । मल्लकालीन युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा भक्तपुरको मध्यपुरथिमिमा हुने गर्दछ । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा ढाल, खड्ग तथा तरबारसहितको युद्ध कवाज प्रदर्शन गर्ने चलन छ । गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल […]

२०७६ आश्विन २२ गते, बुधबार

आज विजयादशमी, टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

काठमाडौं, २१ असोज । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी । घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादकारुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको […]

२०७६ आश्विन २१ गते, मंगलवार

थलीका बासिन्दा पुन : आन्दोलित

काठमाण्डौं , १३ असोज । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै पुन: आन्दोलनमा उत्रेको छ । समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेको हो । स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको […]

२०७६ आश्विन १३ गते, सोमबार

पटाकासहित दुई युवक पक्राउ

काठमाडौं, १३ असोज । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो । भारतीय बजार लदनियाबाट स ६ प ६४७४ […]

२०७६ आश्विन १३ गते, सोमबार

आज घटस्थापना , बडादसैँ सुरु

काठमाडौं, १२ असोज । आज घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजवाट सुरु भएको छ । आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, […]

२०७६ आश्विन १२ गते, आईतवार

आज विश्व मुटु दिवस

काठमाडाैँ, १२ असाेज । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बदलिँदो जीवनशैली र सन्तुलित आहारमा अमी हुँदा बिकासशील मात्र होइन बिकसित मुलुककै लागि पनि मुटु रोग चुनौति बनिरहेको छ । मुटु रोग नसर्ने रोग हो । मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । नेपालमा मुटुरोगको […]

२०७६ आश्विन १२ गते, आईतवार

क्रिकेट संघको विशेष साधारणसभा हुदै

काठमाडौं, १० असोज । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको छ । आज साधारणसभाको उद्घाटनसत्र हुने छ भने भोलि चुनाव हुने छ । साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वाश गरिएको छ […]

२०७६ आश्विन १० गते, शुक्रबार

सवारी जामका कारण बिरामीको मृत्यु

काठमाडौं, ९ असाेज । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह छन् । रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नम्बरको बसमा मिर्गौला रोगी साहलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे […]

२०७६ आश्विन १० गते, शुक्रबार

जिल्ला जनपरिषद ताप्लेजुङद्वारा आन्दोलनरत कर्मचारी र स्थानीयको माग सम्बोधन गर्न आग्रह

काठमाडौं, ८ असाेज । नेपाल कम्युनिस्ट पार्टी, लिम्बुवान स्वायत्त प्रदेशको जिल्ला जनपरिषद, ताप्लेजुङले सिवानी हाइड्रोपावर कंपनीले श्रमजिबी कर्मचारिको न्युनतम माग पूरा नगरेको प्रति आपत्ति जनाउँदै बुधबार बिज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ । स्थानीय, कार्यरत कर्मचारीसँग कंपनीले गरेको सम्झौताको पालना नगरेकाले सिवानी हाइड्रोपावर कंपनीमा कार्यरत कर्मचारीले गरिरहेको आन्दोलनको पक्षमा उभिएर जनपरिषद प्रमुख कमानसिंहले बुधबार एक […]

२०७६ आश्विन ९ गते, बिहीबार