समाज

नेपाली सेनाद्वारा वृद्धवृद्धालाई न्यानो लुगा बितरण

काठमाडाैं, ११ मंसिर । नेपाली सेनाले महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण […]

२०७६ मंसिर ११ गते, बुधबार

देशभर मौसम बदली, वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैँ, १० मंसिर । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ । उक्त प्रणालीका कारण मुलुकभर चिसो बढेको मौसमविद्ले बताएका छन् । यस प्रणालीले विशेषगरी देशको पश्चिमी क्षेत्रमा असर पारिरहेको बताइएको छ । पश्चिमी न्यून चापीय प्रणालीले […]

२०७६ मंसिर १० गते, मंगलवार

आज बालाचतुर्दशी : दिवङ्गत पितृका नाममा शतबीज छरिँदै

काठमाडौं, ९ मंसिर । आज बालाचतुर्दशी , दिवङ्गत पितृका नाममा शतबीज छरिँदैछ । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन हिजो साँझै देखि नै भेला भएका थिए । हरेक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन बेलुकी मन्दिरमा पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका […]

२०७६ मंसिर ९ गते, सोमबार

उपनिर्वाचन बहिस्कार सभा सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनणतान्त्रिक मोर्चाले प्रदेश ५ अन्तरगत दाङको हापुरेमा “कथित उपनिर्वाचन बहिस्कार गरौं जनवादी क्रान्तिको तयारी गरौ” भन्ने नाराका साथ बहिस्कार सभा भव्य रुपमा सम्पन्न गरेको छ । प्रहरी अवराेेधका बाबजुुद क्रान्तिकारी माओवादीलेे बहिस्कारसभा भव्य रुपमा सम्पन्न गरेेकाेे हाेे । क्रान्तिकारी माओवादीका नेताहरुले संसदीय ब्यवस्था बदनाम […]

२०७६ मंसिर ७ गते, शनिबार

झुलाघाट नाका बन्द

काठमाडौं, ६ मंसिर । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ९ गतेसम्म बन्द हुने भएको छ । यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । यस अवधिमा आकस्मिक रुपमा […]

२०७६ मंसिर ६ गते, शुक्रबार

आज विश्व शौचालय दिवस

काठमाडौं, ३ मंसिर । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मूल नाराका साथ आज सातौं विश्व शौचालय दिवस,मनाइँदै छ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ ।भृकुटीमण्डपबाट सुरु भएर्को याली भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, वाटर एड, वातावरण […]

२०७६ मंसिर ३ गते, मंगलवार

झुलाघाट नाका चार दिन बन्द हुने

काठमाडौं, २ मंसिर । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार बैतडीको झुलाघाट नाका मंसिर ६ गतेदेखि ९ गतेसम्म बन्द हुने भएको छ । यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ […]

२०७६ मंसिर २ गते, सोमबार

ट्राफिक ब्यबस्था अस्तव्यस्त , ट्राफिक प्रमुखलाई सिसि क्यामेरावाट अनुगमन गर्न सुझाब

काठमाडाैँ , १ मंसिर । काठमाडौँ नया बानेश्वरको ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको सर्बसाधारणले गुनासो ब्यक्त गरेका छन् । ट्राफिक ब्यबस्थापनका लागि खटिएका ट्राफिकले नजरअन्दाज गर्दा अनावश्यक सवारी जाम हुने गरेको चालकहरुको गुनासो छ । खासगरी कोटेश्वर तर्फबाट आउने सवारी साधनले लेन अनुशासन उल्लंघन गर्दा अनावश्यक जाम हुने गरेको उनीहरुको अनुभव छ । काठमाडौँकै थापाथली, सिंहदरवारलगायतका […]

२०७६ मंसिर १ गते, आईतवार

गढीमाई मेलामा बलिप्रथा नरोकिने

काठमाडौँ, २८ कात्तिक । प्रशिद्ध गढीमाईको मेलामा बलिप्रथा नरोकिने मेला व्यवस्थापन समितिले जनाएको छ । विभिन्न क्षेत्रबाट चौतर्फी दबाव परे पनि हरेक पाँच बर्षमा लाग्ने बाराको प्रसीद्ध गढिमाइ मन्दिरमा यसपटक पनि भक्तालुहरुको भाकल गरी ल्याइएको बलि चढाउन दिने समितिले जनाएको छ । भाकल गरि बलि चढाउन आउनेमध्ये ९० प्रतिशत भारतीय र १० प्रतिशत नेपाली श्रद्धालुहरु […]

२०७६ कार्तिक २८ गते, बिहीबार

प्रचण्डका घरबेटी( ठेकेदार अधिकारी)को तस्वीर सवारीसाधनदेखि रुख र पोलमा टागेर बिरोध

काठमाडौँ, २७ कात्तिक । नगरकोट सूर्यविनायकका स्थानीय युवा र पर्यटन ब्यबशायीले ठेक्का लिएको लामो समयसम्म पनि सडक कालोपत्रे नभए पछि धुला र धुलो खानु परेकोले शारदा अधिकारीको तस्वीरलाई सडकमा गुड्ने बस, निजी सवारी साधन, चोक, रुख सबैतिर टासेर विरोध गरीरहेका छन् । शारदा अधिकारी शैलुगं कन्सट्रक्सन नामक निर्माण कम्पनी मार्फत ठेक्का पट्टा चलाउछन् । आफुले […]

२०७६ कार्तिक २७ गते, बुधबार