समाज

सवारी–साधन भाडामा ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौं, २६ पुस । विभिन्न व्यक्तिको सवारी–साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुईजाना पक्राउ परेका छन् । सो घटनामा संलग्न काठमाडौं, तारकेश्वरका शिवहरि कार्की र बालाजु, माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडौं, पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन रु […]

२०७४ पुष २६ गते, बुधबार

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा होटल संचालक पक्राउ

काठमाडौं, २६ पुस । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालक सिटौलाले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र उनीहरुले कमाएको रु चार लाख […]

२०७४ पुष २६ गते, बुधबार

अब सातै प्रदेशबाट सवारी लाइसेन्स

काठमाडौं, २५ पुस । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार मातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारी चालक अनुमतिपत्रका लागि सर्वसाधारणले […]

२०७४ पुष २५ गते, मंगलवार

श्रीमती खोज्न पत्रकार सम्मेलन !

काठमाडौं, २४ पुस । मोरङमा नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा अनिता बेपत्ता […]

२०७४ पुष २४ गते, सोमबार

काठमाडौंको तापक्रम शून्य डिग्री

काठमाडौं, २३ पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको हो । उत्तर–पश्चिम […]

२०७४ पुष २३ गते, आईतवार

चिसोका कारण तीन जनाको मृत्यु

काठमाडौं,२३ पुस । अत्याधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले […]

२०७४ पुष २३ गते, आईतवार

एक हजारको लगानीबाट करोडपति

काठमाडौं, २१ पुस । एक हजारको लगानीबाट कृषि पेशा सुरु गरेका म्याग्दी बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले एक करोडभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् । सँगै पढेका साथीहरु सरकारी उच्च तहमा पुगेपनि आफूलाई कृषि पेशाबाटै सन्तुष्टि मिलेको कार्की बताउँछन् । कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिको रुपमा […]

२०७४ पुष २१ गते, शुक्रबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, २० पुस । काठमाडौंको नयाँबसपार्कस्थित ब्याट्री कारखाना अगाडि गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङको पुरानोकोट–४ का २६ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् । प्रहरीका अनुसार गएराती साँढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा८४प ६०१५ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका गुरुङलाई ठक्कर दिएको थियो । गुरुङको उपचारको क्रममा गएराती […]

२०७४ पुष २० गते, बिहीबार

ब्रम्हायणी मन्दिरको मूर्ति चोरी

काठमाडौं, १९ पुस । ललितपुरको गोदावरी नगरपालिका–१२ ठेंचोमा रहेको ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति चोरी भएको छ । मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति गएराति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि ब्रम्हायणीको मूर्ति नजिकैको सत्तलमा राखिएको थियो । पित्तलबाट बनेको डेढ फिट अग्लो सो मूर्तिमा सुनको जलप […]

२०७४ पुष १९ गते, बुधबार

सडक खुलाउन अश्रुग्यास प्रहार

काठमाडौं, १८ पुस ।काभ्रेको पात्लेखेतमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक खुलाउने बिषयमा विवादमा बढ्दा झडप भएको हो । बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले सडक अबरुद्ध पारेका छन्। बसबाट […]

२०७४ पुष १८ गते, मंगलवार