समाज

सवारी साधनमा जोर–विजोड प्रणाली लागू

काठमाडौँ , १३ भदौ । काठमाडौ उपत्यकामा आजबाट तीन दिन सवारी साधनमा जोर–विजोड प्रणाली लागू गरिएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर राख्दै काठमाडौ उपत्यकामा सवारी साधनमा जोर–विजोड प्रणाली लागू गरिएको हो । बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड […]

२०७५ भाद्र १३ गते, बुधबार

खुलामञ्चमा सारिएको बसपार्क चार दिन बन्द हुने

काठमाडौं, १२ भदौ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई […]

२०७५ भाद्र १२ गते, मंगलवार

आज जनै पूर्णिमा

काठमाडौं, १० भदौ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा र रक्षा बन्धन , विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए […]

२०७५ भाद्र १० गते, आईतवार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी गोदावरी घोषणापत्र जारी

काठमाण्डौ, ९ भदौ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी गोदावरी घोषणापत्र जारी गरेको छ । महासंघको आयोजनामा सम्पादकहरु, महासंघका पूर्व सभापति तथा पदाधिकारीहरुको ललितपुर, गोदावरीमा सम्पन्न भेलाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि गोदावरी घोषणा–पत्र जारी गरेको हो । चार बुँदे घोषणापत्रमा मुलुकी […]

२०७५ भाद्र ९ गते, शनिबार

स्कुटर दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं, ८ भदौ । काठमाडौंको भद्रकाली पुल नजिकै स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८ का २६ वर्षीय सञ्जीव लामा छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । स्कुटरमा पछाडी सवार हाल नामथर नखुलेका अन्दाजी २७ वर्षीय पुरुष गम्भिर घाईते […]

२०७५ भाद्र ८ गते, शुक्रबार

आज बकर इद, सामूहिक नमाज पढेर मनाईंदै

काठमाडौं , ६ भदौ । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ । यसरी बलि दिइएको […]

२०७५ भाद्र ६ गते, बुधबार

भारतीय सेनाका कर्णेल गोलीसहित पक्राउ

काठमाडौं, ४ भदौ । भारतीय सेनाका कर्नेल बलबहादुर पुन २२ एमएमको २० राउण्ड गोलीसहित पक्राउ परेका छन । उनको स्थायी घर चितवन हो । हाल काठमाडौं बस्दै आएका पुनलाई विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले […]

२०७५ भाद्र ४ गते, सोमबार

पक्की पुल बाढीले बगायो, बजारवासीको भागदौड

काठमाडौं, ३ भदौ । शनिबार आएको बाढीले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै खोर्सानीबारीमा रहेको पक्की पुल पूर्ण रुपमा बाढीले बगाएको छ । बाढी बजारमा पसेपछि बजार बगरमय बनेको छ । शुक्रबार केही क्षतिग्रस्त बनेको पुलमा सवारी साधन चलाउन रोक लगाइएको थियो तर शनिबारको बाढीले भने पुल पूर्णरुपले बगाएको छ । राती एकाएक बाढी बाह्रबिसे बजारमा […]

२०७५ भाद्र ३ गते, आईतवार

बलात्कारीलाई फाँसीको सजायको माग

काठमाडौं, २ भदौ । बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै आज महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् । प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप समेत भएको थियो । झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । अर्धनग्न प्रर्दशनमा […]

२०७५ भाद्र २ गते, शनिबार

सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको प्रशिक्षण भेलामा कांग्रेस नेतृत्वले सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन दिएको हो । नेपाली कांग्रेसका बरिष्ठ नेता […]

२०७५ श्रावण ३१ गते, बिहीबार