समाज

ह्वीलचियर र्‍याली !

काठमाडौं, १४ पुस । करुणा फाउन्डेसन नेपालको आह्वानमा अपाङ्गता भएका व्यक्तिले र्‍याली निकालेका छन् । पहुँचयुक्त भौतिक संरचनाको माग गर्दै शारीरिक अपाङ्गता भएकाहरुले सरकारलाई दबाब दिने उद्देश्यले सो ह्वीलचियर र्‍याली निकालेका हुन् । प्रज्ञा भवनवाट निकालिएको र्‍याली नगरको विभिन्न ठाउँको परिक्रमापछि लैनचौरमा पुगेर सकिएको थियो । यसअघि आयोजित कार्यक्रममा सहभागीहरुले ठाउँ ठाउँमा निर्माणाधीन सडकका कारण […]

२०७४ पुष १४ गते, शुक्रबार

देशभर चिसो बढ्यो

काठमाडौं, १३ पुस । राजधानीलगायत देशभर चिसो बढेको छ । दुई साताअघि राजधानीमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो भने त्यसपछि क्रमिक रुपमा यसको स्तर बढ्दै जाँदा केही राहत मिलेको थियो । केहीदिन यता न्यूनतम तापक्रम घट्न थालेको छ । आज बिहान काठमाडौंमा तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

२०७४ पुष १३ गते, बिहीबार

पत्रकार भुसालको निधनबारे छानबिन गर्न निर्देशन

काठमाडौं, १२ पुस । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारकाक्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई […]

२०७४ पुष १२ गते, बुधबार

पशुपति परिसरमा सवारी निषेध

काठमाडौं, ११ पुस । आजदेखि पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो । धार्मिक स्थललाई सोही वातावरणमा रहन दिन पनि मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप […]

२०७४ पुष ११ गते, मंगलवार

आज ख्रीष्टमस दिवस

काठमाडौं, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ ।्येशू ख्रीष्टको शुभ जन्मदिनको खुशीयालीमा हरेक वर्ष […]

२०७४ पुष १० गते, सोमबार

काँग्रेसमा किचलो , सभापतिसहितलाई १५ वर्षको लागि कारवाहीको सिफारिस

काठमाडौं, ९ पुस । नेपाली काँग्रेस पर्साले चुनावमा अन्तरघात गरेको भन्दै पूर्वसभापतिसहित १२ जनालाई कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । चौधरी पर्सा पार्टीका पूर्व सभापति समेत हुन् । […]

२०७४ पुष ९ गते, आईतवार

छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान सुरु

काठमाडौं, ८ पुस । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ । अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन् । जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन […]

२०७४ पुष ८ गते, शनिबार

ग्यास सिलिण्डर विस्फोट , घर ध्वस्त

काठमाडौं, ७ पुस । पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्‍याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको ग्यासको सिलिण्डर बिहीबार बेलुका घरभित्र पुर्‍याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताइन् । ग्यास उद्योगले बजारमा […]

२०७४ पुष ७ गते, शुक्रबार

फोहोर जलाए कारवाही !

काठमाडौं, ७ पुस । काठमाडौंको वायुप्रदुषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ । घर वरपर वा सडक सफा राख्न वा आगोसमेत ताप्ने उद्देश्यले फोहोर बाल्दा प्रदुषण बढेर जनस्वास्थ्यमा समेत जोखिम बढेको भन्दै त्यसलाई रोक्न महानगरपालिकाले कारवाही बढाएको हो । पछिल्ला दिनमा फोहोर जथाभावी बाल्ने कार्यमा संलग्न ५/७ […]

२०७४ पुष ७ गते, शुक्रबार

देशभर चिसो बढ्दै

काठमाडौं, ६ पुस । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको र यो अवस्था एकदुई दिनमै परिवर्तन हुने जनाएको छ । अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना […]

२०७४ पुष ६ गते, बिहीबार