समाज

सिटीसफारी रिक्सा चार्ज गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं, ३ जेठ । मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते […]

२०७५ जेष्ठ ३ गते, बिहीबार

आजबाट पुरुषोत्तम मास ( मलमास) सुरु

काठमाडौं, २ जेठ । हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता […]

२०७५ जेष्ठ २ गते, बुधबार

‘नेपाली म्याराडोना’ को मृत्यु , आज अन्त्यष्टी गरिदै

काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज अन्त्यष्टी गरिने भएको छ । पूर्वखेलाडी समेत रहेका शाहको सोमबार साँझ निधन भएको थियो । कलेजोमा समस्या देखिएपछि आइतबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका ५० वर्षीय शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेटमा उपचारकैक्रममा निधन भएको हो । अखिल नेपाल फुटबल […]

२०७५ जेष्ठ १ गते, मंगलवार

सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं, ३१ बैशाख । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध […]

२०७५ बैशाख ३१ गते, सोमबार

देशभर लोडसेडिङ अन्त्य भएको विद्युत प्राधीकरणको दावी

काठमाडौं, ३१ बैशाख । नेपाल विद्युत प्राधीकरणले आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएको र योसँगै अब मुलुक लोडसेडिङमुक्त भएको प्राधीकरणले घोषणा गरेको हो । खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक संचालन, कुलेखानी जलाशययुक्त […]

२०७५ बैशाख ३१ गते, सोमबार

चर्चमा बम विस्फोट

काठमाडौँ, ३० बैशाख । धनगगढी उपमहानगरपालिका बोराडाँडीमा रहेको चर्चमा बम विस्फोट भएको छ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी समेत रहेको धनगगढी उपमहानगरपालिका बोराडाँडीमा रहेको महिला चर्चमा आज विहान बम विस्फोट भएको बताइएको छ । अज्ञात समूहले गराएको विस्फोटबाट चर्चमा क्षति पुगेको बताइएको छ । उक्त स्थानमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७५ बैशाख ३० गते, आईतवार

लाजिम्पाटमा किरियापुत्री घर

काठमाडौं, २९ वैशाख। कुमारी ढुंगेधारा निर्माण उपभोक्ता समितिले काठमाडौंको लाजिम्पाटमा किरियापुत्री घर सञ्चालनमा ल्याएको छ । स्थानीय बासिन्दाको सक्रियता र सांसद विकास कोषको सहयोगमा निर्माण गरिएको भवनको स्थानीय समाजसेवी एवं युवा समाज सुधार केन्द्रका संरक्षक श्यामबहादुर पाण्डेले उदघाटन गरे । दुईतले भवनमा महिला र पुरुष किरियापुत्रीको लागि छुट्टा–छुट्टै स्थानको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा […]

२०७५ बैशाख २९ गते, शनिबार

सर्वसाधारणलार्इ हिँड्न र गुड्न कडाइ

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे काठमाडाैं अागमनका क्रममा सर्वसाधारणलार्इ सम्बन्धित रूटमा हिँड्न र गुड्न कडाइ गरिएकाे छ । भारतकाे पटनाबाट जनकपुर हुँदै अाज दिउँसाे काठमाडाैं अाउन लागेका माेदीकाे सवारी चल्न रूटमा सडक २५ मिनेटसम्म खाली गराइने ट्राफिक प्रहरीले जनाएकाे छ । मोदीको सुरक्षालाई ध्यानमा राखी उनको सवारी चल्ने रुटका सडक खाली गर्न […]

२०७५ बैशाख २८ गते, शुक्रबार

श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा

काठमाण्डौ , २५ वैशाख । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाइएको छ । मोरङ प्रहरीले श्रीनिवासविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार मुद्दा दर्ता गराएको हो । त्यस्तै, श्रीनिवासलाई गोली हान्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यानमार्ने उद्योगमा मुद्दा चलाइएको […]

२०७५ बैशाख २५ गते, मंगलवार

लमहीमा ‘प्रभु’को राज्य !

काठमाडौं, २५ बैशाख । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ । छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध […]

२०७५ बैशाख २५ गते, मंगलवार